स्टोक्सको शतकमा राजस्थानले मुम्बईलाई ८ विकेटले हरायो

काठमाडौँ – आईपीएलको १३ औँ सिजनको ४५ औँ खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । जीतसँगै राजस्थान छैटौँ स्थानमा उक्लदै प्लेअफमा छनौटको सम्भावना कायम राखेको छ । उता, हारका बावजुद मुम्बई शीर्ष स्थानमा कायम रहेको छ ।

राजस्थानको जीतमा बेन स्टोक्स नायक रहे । अबुधावीमा खेलिएको खेलमा मुम्बईले टस जितेर पहिले ब्याटिङ गर्दै १९६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा राजस्थानले १८.२ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पछ्यायो ।

यद्यपि, राजस्थानको सुरुवात भने राम्रो हुन सकेन । मुम्बईका तीव्र गतिका बलर जेम्स प्याटिन्सनले राजस्थानलाई शुरुमा नै दुईवटा झट्का दिएको थियो । कप्तान स्टीभ स्मिथ ११ रन तथा रोबिन उथप्पा १३ रन बनाएर आउट भए । दोस्रोतर्फ स्टोक्सले पारी सम्हाल्दै ६० बल नटआउट रहँदै १०७ रन बनाए । उनले सञ्जु स्यामसनसँग मिलेर १५२ रनको साझेदारी गर्दै टीमलाई जीत दिलाए ।

खेलमा स्याम्सनले ३१ बलमा ५४ रन बनाए । उनले ३ छक्का र ४ चौका हिर्काए । योसँगै स्याम्सन यो सिजन सबैभन्दा बढी छक्का हिर्काउने खेलाडी बने । उनले २३ छक्का हिर्काएका छन् भने निकोलस पूरनले २२ छक्का हिर्काएका छन् ।

पहिलो पारीमा हार्दिक पाण्ड्याको ६० रनको मद्दतले मुम्बईले ५ विकेटको क्षतिमा १९५ रन बनाएको थियो । सूर्यकुमार यादवले ४० तथा इशान किसनले ३७ रनको योगदान दिए ।

यसअघि पहिलो खेलमा चेन्नई सुपरकिंग्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ८ विकेटले पराजित गरेको थियो । बैंग्लुरु अंक तालिकामा तेस्रो स्थानमा रहेको छ भने चेन्नई पुछारमा सिमित छ ।

सिफारिस

शिवपुरीमा हराएका तीन जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको उद्धार गरिएको छ । निकुञ्जको पानीमुहान क्षेत्रमा हाइकिङका २ महिला र १ पुरुष गरी तीन जनाको...

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

धेरै पढिएको