डडेल्धुराको अमरगढीमा सुन्दर पिसपार्क निर्माण (फोटो फिचर)

डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा जिल्ला सदरमुकाम शिक्षा कार्यालय नजिकै रहेको बाल मन्दिर क्षेत्रलाई पिस पार्क बनाएर विभिन्न किसिमका सुगन्धित फुलहरुले सिंङ्गारिएको छ ।

डडेल्धुरा जिल्लामा फुर्सदको समय वेतित गर्न र बालबालिकाहरुलाई मनोरञ्जन गराउनका लागि लकडाउनकै समयमा व्यवस्थित पिस पार्क निर्माण गरिएको हो ।
फूलको रुप रंग सुगन्ध र स्वभाव मानव जातीका लागि सदैव आवश्यक बस्तु मात्र नभई सकारात्मक सन्देश र प्रेमको प्रतिक पनि हो तर जिर्ण बनेको घरआँगनलाई पनि शोभायमान हुने गरि फूलको बगैंचा निर्माण भए पछि वालमन्दिर वास्तवमै मन्दिरको पर्याय बनेको छ ।


स्व.राजा बिरेन्द्रको सवारी २०४३ का बेला डडेल्धुरा जिल्ला सदरमुकाम अमरगढी नपा ५ मा निर्माण भएको वाल मन्दिर परिसर अहिले दिव्य अनुभूति शान्ति बटिका (पिसपार्क) को रुपमा सिंङ्गारिएको छ ।
ब्रह्माकुमारी ईश्वरिय विश्वबिद्यालयको शाखा डडेल्धुराले वाल मन्दिरको संरक्षणका लागि जिम्मा पाए पछि ओ३मशान्ति परिवारले निकै मेहनेत र लगानी गरि पिस पार्कको स्वरुपमा विकास गर्ने भन्दै विभिन्न किसिमका सुगंन्धित फुलहरु रोपेर मनमोहक बनाएको छ ।

मुनुष्य जीवनलाई फुर्सदको समय व्यतित गर्न र बालबालिकाहरुलाई मनोरञ्जन गराउनका लागि लक डाउनकै समयमा वाटिकाभित्र विभिन्न प्रजातिका फुलहरु रोपेर व्यवस्थित पिस पार्क निर्माण गरिएको ब्रह्माकुमारी बहिनी लक्ष्मी चौधरीले बताए ।
श्रम बाहेक २५ लाख जति खर्च भएको शान्ति बाटिकामा डिभिजन बन कार्यालय डडेल्धुराले साढे नौ लाख सहयोग गरेको छ भने स्थानीय तहको आर्थिक सहयोग अपेक्षित रुपमा भएको छैन तर पनि ओ३मशान्ति परिवारले निर्माण कार्य जारी राखेको छ ।
हेनुहोस केही तस्विरहरु ः

सिफारिस

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

भर्खरै

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

धेरै पढिएको