मल उत्पादन गर्ने उद्योग खोल्न अर्थमन्त्री पौडेलको नेतृत्वमा तीन सदस्यीय अध्ययन समिति गठन

काठमाडौँ – सरकारले नेपालमै रासायनिक मल उत्पादन गर्ने उद्योग खोल्ने बारेमा अध्ययन गर्न तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ । बिहिबारको मन्त्रिपरिषद् बैठकले स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्न अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा उद्योगमन्त्री लेखराज भट्ट र कृषिमन्त्री घनश्याम भुसाल सहितको अध्ययन समिति गठन गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए  ।

हरेक वर्ष मल अभाव हुदाँ किसानहरु मर्कामा परेको र यस वर्ष बंगलादेशले पैँचोमा समेत मल नदिएपछि सरकारले उक्त निर्णय गरेको हो । सरकारले यस वर्षका लागि तत्काल मल ल्याउने व्यवस्था गर्न कृषि मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयलाई टेन्डरबाट नभई जीटुजीका माध्यमबाट मल ल्याउन निर्देशन दिइएको हो ।

यस्तै, सरकारले आयातित पुस्तकमा लगाइएको भन्सार कर हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले पुस्तकमा लाग्ने कर हटाउने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो । किताबमा भन्सार लगाइएको भन्दै स्वदेशी प्रकाशकहरू त्यसको विरोध गर्दै आएका थिए । यस्तै, सरकारले देशका विभिन्न १२ स्थानलाई औद्योगिक ग्राम घोषणा गरेको छ ।

मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेशका ५, प्रदेश १ का ३, कर्णाली प्रदेशका ३ र बागमती प्रदेशका १ स्थानलाई औद्योगिक ग्राम घोषणा गरेको हो । यस्तै सरकारले बलात्कारपछि हत्या गरिएको बझाङकी १२ वर्षीय सम्झना बिकको परिवारलाई ३ लाख आर्थिक सहायता प्रदाने गर्ने भएको छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको