काम नगर्ने १८ सयभन्दा बढी ठेकेदारमाथि कारबाही गर्न अख्तियारलाई गृहको पत्र

काठमाडौं – ठेक्का ओगटने तर लामो समयसम्म काम नगर्ने १८ सयभन्दा बढी ठेकेदारमाथि छानबिन गरी कारबाही गर्न सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लिखित आग्रह गरेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

गृह मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौताबमोजिम समयमै काम नगरेका ठेकेदारको नामसहित कारबाहीका लागि अख्तियारमा पठाइएको जानकारी दिए ।

थापाले ठेक्कामा लापरबाही गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने कुरा भ्रष्टाचारसँग जोडिएको टिप्पणी गरे । ‘गैरजिम्मेवार ठेकेदारलाई कारबाही गर्न र सुशासन कायम गर्न सकेनौं भने समृद्धि सम्भव छैन,’ उनले भने, ‘काम नगर्ने ठेकेदारलाई कानुनसम्मत ढंगले कारबाही प्रक्रिया अगाडि बढाएका छौं,’ उनले भने, ‘काम नगर्ने ठेकेदारहरूमाथि अनुसन्धान गर्ने कुरामा अख्तियार पनि लागिपरेको छ ।’

मन्त्री थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरेर निर्माण व्यवसायीलाई ठीक ठाउँमा ल्याउने र विकास निर्माणका काम समयमै पूरा गर्ने गरी प्रयास भइरहेको जानकारी दिए ।

अख्तियारका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाले ठेक्का ओगटेर लामो समयसम्म काम नगरेका निर्माण व्यवसायीमाथि छानबिन भइरहेको जानकारी दिए । उनका अनुसार ठेकेदार र जिम्मेवार अधिकारीको लापरबाहीका कारण १८ सय ४८ आयोजना रुग्ण बनेको पाइएको छ ।

आयोगले यसबारे ६ महिनाअघि अनुसन्धान गरेर रिपोर्ट सार्वजनिक गरेको थियो । कोइरालाका अनुसार अनुसन्धानका क्रममा अधिकांश ठेक्कामा पेस्की रकम बुझेर पनि काम नगरेको पाइएको छ । ‘अति रुग्ण आयोजनामा भ्रष्टाचार र अनियमितता भएको आशंका छ,’ उनले भने, ‘यस्ता आयोजनालाई आयोगले अनुसन्धानको दायरामा राखेको छ ।’

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको