बलात्कारका घटनाका दोषीलाई धमाधम कानुनी कारबाहीमा ल्याइएको छ : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कार तथा हत्या जघन्य अपराध भए पनि नयाँ र पहिलो नभएको बताएका छन् । उनले यस्ता घटनालाई पूर्ण रूपमा रोक्न नसकिने भए पनि दोषी पत्ता लगाउन सबै प्रयास जारी राखिएको बताए ।

आर्थिक वर्ष २०७५/७६ को वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशाका विषयमा मंगलबार गृहमन्त्रालयमा आयोजित अन्तक्र्रियामा गृहमन्त्री थापाले बलात्कारका घटनाका दोषीलाई धमाधम कानुनी कारबाहीमा ल्याइएको दाबी गरे ।

‘निर्मला बलात्कार र हत्या जघन्य अपराध हो, तर नयाँ र पहिलो होइन, हिजो पनि हुन्थ्यो, आज पनि छ, भोलि पनि केही समयसम्म रहन्छ, तर दोषी पत्ता लगाएर छोडिन्छ,’ गृहमन्त्री थापाले भने । थापाले निर्मला प्रकरणको अझै पनि विभिन्न आयोगले दिएका प्रतिवेदनका आधारमा अनुसन्धान जारी रहेको र अपराधीलाई कानुनी कठघरामा ल्याइछाड्ने प्रतिबद्धता पनि जनाए ।

उनले निर्मला हत्या प्रकरणलाई केही शक्तिले राजनीतिकरण गर्न खोजेको भन्दै विगतमा समेत यस्ता घटना हुने गरेको आरोप लगाए । ‘गृहले अपराधीलाई बचाउन खोज्यो भनेर केहीले गलत प्रचार गरिरहेका छन्, यो विषयलाई राजनीतीकरण गरिएको छ, हिजोको सरकारका पालामा पनि भएको थियो, विश्वमा यस्ता घटना हुन्छन्, भइरहन्छन् ।’

उनले गृह मन्त्रालय र नेपाल प्रहरीको तथ्यांकनुसार बलात्कारसम्बन्धी घटनाको ९५ प्रतिशत अनुसन्धान सफल भएको समेत दाबी गरे । गृह सचिव प्रेमकुमार राईले निर्मला हत्याको अनुसन्धानमा सुरुमा नै भएको त्रुटीका कारण निष्कर्षमा पुग्न गाह्रो भइरहेको बताए । सो प्रकरणका विषयमा निरन्तर छानबिन तथा अनुसन्धान भइरहेको भन्दै राईले ढिलै भए पनि दोषी पत्ता लाग्ने विश्वास व्यक्त गरे ।

यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको