बलात्कारका घटनाका दोषीलाई धमाधम कानुनी कारबाहीमा ल्याइएको छ : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कार तथा हत्या जघन्य अपराध भए पनि नयाँ र पहिलो नभएको बताएका छन् । उनले यस्ता घटनालाई पूर्ण रूपमा रोक्न नसकिने भए पनि दोषी पत्ता लगाउन सबै प्रयास जारी राखिएको बताए ।

आर्थिक वर्ष २०७५/७६ को वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशाका विषयमा मंगलबार गृहमन्त्रालयमा आयोजित अन्तक्र्रियामा गृहमन्त्री थापाले बलात्कारका घटनाका दोषीलाई धमाधम कानुनी कारबाहीमा ल्याइएको दाबी गरे ।

‘निर्मला बलात्कार र हत्या जघन्य अपराध हो, तर नयाँ र पहिलो होइन, हिजो पनि हुन्थ्यो, आज पनि छ, भोलि पनि केही समयसम्म रहन्छ, तर दोषी पत्ता लगाएर छोडिन्छ,’ गृहमन्त्री थापाले भने । थापाले निर्मला प्रकरणको अझै पनि विभिन्न आयोगले दिएका प्रतिवेदनका आधारमा अनुसन्धान जारी रहेको र अपराधीलाई कानुनी कठघरामा ल्याइछाड्ने प्रतिबद्धता पनि जनाए ।

उनले निर्मला हत्या प्रकरणलाई केही शक्तिले राजनीतिकरण गर्न खोजेको भन्दै विगतमा समेत यस्ता घटना हुने गरेको आरोप लगाए । ‘गृहले अपराधीलाई बचाउन खोज्यो भनेर केहीले गलत प्रचार गरिरहेका छन्, यो विषयलाई राजनीतीकरण गरिएको छ, हिजोको सरकारका पालामा पनि भएको थियो, विश्वमा यस्ता घटना हुन्छन्, भइरहन्छन् ।’

उनले गृह मन्त्रालय र नेपाल प्रहरीको तथ्यांकनुसार बलात्कारसम्बन्धी घटनाको ९५ प्रतिशत अनुसन्धान सफल भएको समेत दाबी गरे । गृह सचिव प्रेमकुमार राईले निर्मला हत्याको अनुसन्धानमा सुरुमा नै भएको त्रुटीका कारण निष्कर्षमा पुग्न गाह्रो भइरहेको बताए । सो प्रकरणका विषयमा निरन्तर छानबिन तथा अनुसन्धान भइरहेको भन्दै राईले ढिलै भए पनि दोषी पत्ता लाग्ने विश्वास व्यक्त गरे ।

यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको