काठमाडौं – लमजुङको दोर्दी खोलामा आएका बाढीका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

उक्त बाढीमा परेका ५ जनालाई भने उद्धारकर्मीले सकुशल उद्धार गरेका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रहरीले बाढीमा परी केही बेपत्ता भएको हुनसक्ने अनुमान गरेको छ । प्रहरीका अनुसार दोर्दी गाउँपालिका लिबर्टीस्थित जलविद्युत अयोजनाको बाँध बाढीले भत्काउँदा विद्युत आयोजनामा काम गर्ने ४ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here