फेसबुकलाई अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना, यस्तो छ जरिवाना गर्नुको कारण

प्रयोगकर्ताका गोपनियता संरक्षण र व्यवस्थापन गर्न नसकेको आरोप लागेको सामाजिक सञ्जाल फेसबुकलाई अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना  गरिने भएको छ ।

अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी) ले फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्ने उल्लेख गरेको छ भने गोपनियता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनुपर्नेछ ।

यसरी बन्ने समितिमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जुकर्बर्गको नियन्त्रण रहने छैन।एफटीसीले राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताहरूको डेटा प्राप्त गरेको आरोपको जाँच गरेको थियो।

जाँचक क्रममा फेसियल रिकग्निसनु भनिने अनुहार चिनिने प्रविधिलगायतलाई पनि सामेल गरिएको थियो।

कुनै पनि कम्पनीले प्रयोगकर्ताको गोपनीयता उल्लंघन गरेको आरोपमा ५ अर्ब डलर जरिवाना तिरेको पहिलो पटक हो ।

एफटीसीका अध्यक्ष जो सिमोन्सले फेसबुकले हाल गरिरहेको गोपनीयताको उल्लंघनलाई कम गर्न र फेसबुकमा पूर्ण रूपले गोपनीय संस्कृति विकास गर्न ठूलो जरिवाना लगाइएको बताए ।

सन् २०१८ को मार्चमा एफटीसीको उपभोक्ता संरक्षण ब्युरोले फेसबुकमाथि अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा व्यक्तिगत डेटाहरू एउटा अनलाईन क्वीजमार्फत् जम्मा गरेर क्याम्ब्रिज एनालिटिकालाई बिक्री गरिएको पाइएको थियो। जुन डेटा सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनाव र बेलायतको ब्रेक्जिट जनमतसङ्ग्रहको नतिजा प्रभावित पार्न प्रयोग गरिएको दाबी पनि गरिएको थियो।

यद्यपि २ लाख ७० हजार मानिसले मात्र सो क्वीजमा सहभागिता जनाएका थिए। क्याम्ब्रिज एनालिटिका सहित फेसबुकको पूर्वाधार प्रयोग गरेर अन्य धेरै कम्पनीहरूले पनि फाइदा लिएका थिए।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको