विदेशका अपरिचित नम्बरबाट आउने फोन नउठाउन तथा कलब्याक नगर्न आग्रह

काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले विदेशका अपरिचित नम्बरबाट आउने फोन नउठाउन तथा कलब्याक नगर्न आग्रह गरेको छ।

केही दिनयता मोबाइलमा विदेशका अपरिचित नम्बरबाट मिस कल आउने क्रम बढेपछि प्राधिकरणले सर्वसाधारणलाई सचेत गराउँदै सूचना जारी गरेको हो।

‘विदेशका अपरिचित नम्बरबाट नेपालको मोबाइल/टेलिफोन नम्बरमा बारम्बार मिस कल आउने गरेको देखिएको छ। यसबाट सेवाग्राहीलाई पुग्न गएको असुविधाप्रति प्राधिकरणको ध्यानाकर्षण भएको छ,’ प्राधिकरणको सूचनामा छ।

‘अपरिचित विदेशका नम्बरहरूबाट आउने कल नउठाउन तथा कलब्याक नगर्न र त्यस्ता नम्बरबाट फोन कल आएको खण्डमा प्राधिकरणलाई जानकारी दिन’ प्राधिकरणले सूचनामार्फत अनुरोध गरेको छ।

प्राधिकरणले ‘वानगिरी स्क्याम (वान रिङ स्क्याम)’ भनिने यस्तो मिस कल रोकथामको लागि आवश्यक व्यवस्था गर्न दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ।

सिफारिस

२५ प्रतिशतसम्म बढ्ने भयो सरकारी कर्मचारीको तलब

काठमाडौँ - सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाउने तयारी गरेको छ। विगत तीन वर्षदेखि तलब वृद्धि हुन नसक्दा कर्मचारीमा...

गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने

काठमाडौं - आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह ले सम्बोधन नगर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समारोहमा सम्बोधनका...

कहाँ गए ३ सहायक हबलदारसहित ११ प्रहरी ? सेवाबाट हटाउने चेतावनी

तीनजना प्रहरी सहायक हबलदारसहित ११ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना...

भर्खरै

गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने

काठमाडौं - आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवस...

कहाँ गए ३ सहायक हबलदारसहित ११ प्रहरी ? सेवाबाट हटाउने चेतावनी

तीनजना प्रहरी सहायक हबलदारसहित ११ जना प्रहरी कर्मचारीलाई एक...

एमालेमा योगेश भट्टराईको वरीयता सच्याइयो, दोस्रो नम्बरमा उक्लिए

काठमाडौं - नेकपा एमाले का उपमहासचिव योगेश भट्टराई को...

नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त

काठमाडौँ - नेपाली कांग्रेस ले आफ्नो भ्रातृ संस्था नेपाल...

मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा (तस्वीरहरू)

नेपाली राष्ट्रिय महिला भलिबल टोली काठमाडौँमा जारी काभा महिला...

काभा महिला भलिबल : इरानको लगातार दोस्रो जित

काठमाडौं - साबिक विजेता इरानले सेन्ट्रल एसिया भलिबल एसोसिएसन...

धेरै पढिएको