काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको महाशाखाको भनाइ छ ।
हाल देशभर आंशिक देखि सामान्य बदली भई केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्ययम वर्षा हुने संभावना छ । शनिबार राति देशभर बदली रहि केही स्थानमा मध्ययम वर्षा हुने संभावना रहेको जनाइएको छ ।
आइतबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्ययम वर्षा हुने संभावना छ । आइतबार राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्ययम वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै सोमबार दिउँसो पनि देशभर आंशिक देखि सामान्य बदली हुनेछ भने केही स्थानमा हल्कादेखि मध्ययम वर्षा हुने संभावना रहेको छ । सोमबार राति पनि देशभर बदली रही केही स्थानमा हल्कादेखि मध्ययम वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ ।