जनकपुर–ढल्केबर सडकखण्डमा दुई अटोरिक्सा ठोक्किँदा तीन जनाको मृत्यु

जनकपुरधाम – धनुषाको जनकपुर–ढल्केबर सडकखण्डमा दुई अटोरिक्सा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

आइतबार साँझ जनकपुर–ढल्केवर सडकखण्डको क्षिरेश्वरनाथ नगरपालिका–४ मा दुई अटोरिक्सा ठोक्किएको थियो । जनकपुरधामबाट ढल्केवरतर्फ जाँदै गरेको ना १ ज ७०२२ नम्बरको र विपरीत दिशाबाट आउँदै गरेको ज १ ह ४८९६ नम्बरको अटोरिक्सालाई ठोक्किँदा तीन जनाको मृत्यु भएको हो , उक्त दुर्घटनामा दुईजना घाइते भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालले जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुनेमा क्षिरेश्वर नगरपालिका–३ का ७२ वर्षीय रामदेव साह, सिरहा घर भई हाल महेन्द्रनगरको स्वाइन कारखानामा कार्यरत रहेकी ४० वर्षीय रेखा यादवको घटना स्थलमै मृत्यु भएको हो । वडा नम्बर ४ कुमरौलका २३ वर्षीय रोशन साह तेलीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरु दुवै जनाको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ ।

सिफारिस

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाउँदै १८ मन्त्रालय कायम गरेको छ । नयाँ मन्त्रालय बनेसँगै सिंहदरबारमा साइनबोर्ड...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जङ्ग केसीले जंगीअडास्थित टेनिस कोर्ट...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला उँभौली समापन गरिएको छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको साकेला ललितपुरको लुभुमा प्रकृतिपूजासहित समापन...

भर्खरै

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

प्रकृतिको आराधनासँगै सकियाे उभौली (तस्वीरहरू)

ललितपुर - किरात राई समुदायको महान् सांस्कृतिक पर्व साकेला...

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

धेरै पढिएको