काठमाडौं – मनसुनको न्यून चापिय रेखा नेपालको तराई भु-भाग भन्दा दक्षिण तिर प्रवेश गरेकाले नेपालमा मनसुनी गतिविधि कम सक्रिय हुँदै गैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्य बदलीको अवस्था रहेको र  देशका पश्चिमि पहाडी भू-भागका केहि स्थानहरूमा वर्षा भईरहेको महाशाखाको भनाइ छ ।

यस्तो छ आगामी तीन दिनको मौसम

श्रावण १३ गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा वर्षा हुने संभावना छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको छ |

श्रावण १४ गते (मंगलबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा वर्षा हुने संभावना रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा वर्षा हुने संभावना छ | देशको पश्चिमि पहाडी भूभागका एक-दुई स्थानमा मध्यम देखि भारि वर्षाको संभावना छ।

श्रावण १५ गते (बुधबार)

दिउँसो: देशभर सामान्य बदली रही देशका थोरै स्थानहरुमा वर्षा हुने संभावना छ । देशको पश्चिमि पहाडी भूभागका एक-दुई स्थानमा मध्यम देखि भारि वर्षाको संभावना छ।

राती: देशभर सामान्य देखि पूर्ण बदली रहि देशका केहि स्थानहरुमा वर्षा हुने संभावना छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here