शोभमय व्यक्तित्व कि आवृत्ति

  • श्रीना नेपाल 

भित्री सुन्दरताले बाहिरी सुन्दरताको छवि बनाउँछ । फुलको आँखामा फुलै संसार, यी कुराहरु त हामी सधैं नै सुनिरहेका वा भनिरहेका हुन्छौँ। तर पनि बाहिरी सौन्दर्यलाई मनोयोग किन गर्छौँ ? विशेष समारोहमा भेट्दा किन बाहिरी आकृतिको बढी मात्रामा वर्णन गर्छौं ? कुनै पनि ठाँउमा जानु अघि घण्टौँ ऐना अगाडि बसेर तयार किन हुन्छौँ ? के भित्री कुरुपता लुकाउन बाहिरी, बनावटी सुन्दरता काफी छ ? सौन्दर्यवर्धकको प्रयोगले अनुहार चम्काउँदैन, अनुहार चम्काउँछ त व्यक्तित्वले, बाहिरी सुन्दरताले आँखालाई आकर्षित बनाउँछ तर व्यक्तित्वले मनलाईआकर्षित बनाउँछ ।

विद्दा सुन्न भनेर कान बनिए, के गर्नु ती कुण्डल ?
दानै गर्न भनेर हात बनिए, बाला भिरे के फल !
जिब्रो पढ्न र मन्त्र जप्न बनियो, न स्वादका खातिर,
यो चोला उपकार गर्न बनियो, श्रृङ्गारमा के छ र ?

गुणरत्नमालाका यी ४ लाइनले पनि प्रष्ट पारेका छन् सुन्दरता तब झल्किन्छ जब हामी कुनै पनि व्यक्तिको आवश्यकता पुर्ण गर्न योगदान गर्छौं, समय दिन्छौं तर बद्लामा बिना केही आशा र अपेक्षा राखेर । सामान्य आनन्दमा रमाउन सिक्यौं भने हाम्रो बाहिरी रुपमा पनि चमक आउँछ ।

हामी भित्र सौन्दर्यले गर्न सक्ने, चमत्कारका बारेमा अनविज्ञ त छैनौँ नि ! अन्तराष्ट्रिय जगतमा हेर्न हो भने, मदर टेरेसा , बाराक ओबामा जस्ता मानिसहरुले समाजमा सकारात्मक परिवर्तन ल्याएका छन् र राष्ट्रिय जगतमा नियाल्दा पनि सपना प्रधान मल्ल, पुष्पा बस्नेत, माधवप्रसाद घिमिरे जस्ता थुप्रै व्यक्तिहरुले पनि समाजमा सकारात्मक उन्नति भित्र्याएका छन् , बाहिरी रुपले होइन सत्कर्म, सकारात्मक सोचको सौन्दर्यले हो ।

हाम्रो नेपाली समाजमा बाहिरी सौन्दर्यलाई यति महत्व दिने गरिन्छ त्यसैले हरकोही आफ्नो भित्री रुपको प्रवाह छोडेर बाहिरी रुपमा भुल्ली रहेका हुन्छौँ । मिस नेपाल २०१७ कि विजेता निकिता चन्दकका बारेमा नकारात्मक टिका टिप्पणी दिइयो, नचाहिँदा ट्रोलहरु बनाइयो किनकी उनको शारीरिक रङ्ग अनि अनुहारको आकृती अलि फरक किसिमको छ ! उनको मिहेनत, लगनशीलतालाई नजर आन्दाज गरियो, उनको क्षमता नभएको भए त्यस्तो प्रतिष्ठित उपादीको विजेता यतिकै त भइदैन नि ! उनि आफ्नै किसिमले सुन्दर छिन् ! सौन्दर्य प्रतियोगिताको मत्लव शारीरिक बनोट मात्र नभई भित्री, व्यक्तित्व बनोटको प्रतियोगिता हो ! आँखाको प्रलोभनमा परि नपछुताएका काहानीहरुको अभाव नभएको त होइन तर पनि यदि कोहि मानिस विशेष गरि महिलाहरुको शारीरिक बनावट नियाल्ने गरिन्छ अनि एउटै प्रश्न खडा गरिन्छ, विवाहको प्रश्न ! यदि शारीरिक सौन्दर्य नै माया पाउनुको योग्यता हो भनेदेखि यी पाठशालाहरु जहाँ मानविय आचरण, असल व्यक्तित्व बनाउन तिर ध्यान दिइँन्छ ती सबैलाई हटाएर सौन्दर्यवर्धक प्रयोगशालाहरु स्थापना गर्नुपर्ने अवस्था आउँछ।

शारीरिक आकर्षण समय, उमेरसँगै धमिलिदै जान्छ तर मानिसको देहावसान भैसकेपछि पनि अमर रहन्छ त केवल उस्को व्यक्तित्व । जसरी फुल फुल्छ, त्यहाँ भमराहरु भुलिन्छन् रस चुसेर जान्छन् अनि केही समयपछि त्यो फूल पनि ओइलेर झर्छन, शारीरिक आकर्षण पनि त्यस्तै हो तर जसरी आकाशमा तारा सधैं चम्किरहन्छ व्यक्तित्व सधैँका लागि अमर हुन्छ ।
हामी सबै आफ्नै किसिमले राम्रा छौँ, सुन्दरता तब सुरु हुन्छ जब तपाईंले विश्वास गर्नु हुन्छ कि तपाईं सुन्दर हुनुहुन्छ । यदि तपाईंलाई कहिले आफू माथि आशांका जाग्यो भने जङ्गलमा जानुहोस् अनि ती रुखहरुलाई हेर्नुस् कसरी अटल भएर उभिरहेका हुन्छन् , जो सुकैले जे सुकै भनोस, ती नदि नालाहरुलाइ हेर्नुस् आफ्नै पारामा बगिरहेका हुन्छन् कसैको पर्वाह नगरी अनि आकाशमा ती ताराहरु हेर्नुहोस् अनविज्ञ् छन् तर चम्किरहेका छन् । दागनै खोज्ने हो भने त चन्द्रमामा पनि दाग भेटिन्छ । आफूमा विश्वास गरेर, आफ्नो आचरण सुधार्न समय सदुपयोग गर्नुपर्छ ।

यदि तपाईंको सोच तपाईंको शरीरभरि लेखिने भए, सोच्नुस के तपाईं अझै सुन्दर देखिनु हुन्छ ? सोच्नुस यदि तपाईंले हरेक चोटि गलत कदम उठाउँदा वा नकारात्मक सोच राख्दा तपाईंको शरीरभरि दाग देखिन्छ भने कति दाग हुन्थ्यो होला तपाईंको शरीरमा ? शारीरिक दाग छोप्नलाई लिपपोत गर्ने तपाईं चारित्रिक दाग छोप्नु परेमा के गर्नुहुन्छ ? यी प्रश्न ती व्यक्तिहरुको लागि हो जो बाहिरी सौन्दर्यको तुलना गर्छन् अनि अरुलाइ कमसल देखाउँछन् ।
तपाईं जस्तो हुनुहुन्छ ठिक हुनुहुन्छ, कसैको रायले तपाईं आफुमा लघुताभासको आभास हुन नदिनुहोस, ध्यान दिनुहोस त केवल आफ्नो भित्री सुन्दरतालाई सबल बनाउँन ताकी तपाईंको भौतिक शरीरको विनाश भैसके पनि तपाईंको अस्तित्व सघैँलाई अमर रहोस् !

सिफारिस

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काठमाडौँको अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुलले २ लाख ५१ हजार रुपैयाँ...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को विजेताले २० लाख रुपैयाँ नगद...

भर्खरै

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

धेरै पढिएको