ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA थाईल्याण्ड पुरस्कार प्रदान गरिएको छ।

यो सम्मान संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद (ECOSOC) अन्तर्गत प्रदान गरिएको हो। UIPM संस्था Asia Pacific Quality Network (APQN), United Nations Global Compact, तथा Higher Education Sustainability Initiative (HESI) को गर्वित सदस्य समेत हो।

थाईल्याण्डको KIFF (Knowledge and Innovation for Future Foundation) को पहलमा आयोजना गरिएको यस कार्यक्रममा श्री यादवलाई संस्कृति तथा शिक्षा क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको मान्यता स्वरूप यो पुरस्कार प्रदान गरिएको हो।

श्री यादव एक शिक्षाविद्, उद्यमी, तथा नेपालमा खेलकुद प्रवर्द्धनमा सक्रिय व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ। उहाँको नेतृत्वमा हृत एकेडेमी शैक्षिक नवप्रवर्तन र उत्कृष्टताको केन्द्रको रूपमा स्थापित भएको छ भने, हिसान बागमतीमा उहाँको योगदानले संस्थागत समन्वय र विद्यार्थी क्रियाशीलता अझ सशक्त बनाएको छ।

उहाँलाई प्रदान गरिएको यो पुरस्कारले शैक्षिक विकाससँगै सांस्कृतिक पहिचानको संरक्षणप्रति उहाँको समर्पणलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ। यसले सम्पूर्ण नेपालका शिक्षक, शिक्षाविद् र शैक्षिक संस्थाहरुलाई थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

सिफारिस

नेपाली सेनाले पाँचखालमा यसरी मनायो संयुक्त राष्ट्र संघ दिवस (तस्वीरहरू)

काभ्रे -  संयुक्त राष्ट्र संघको ८० औं स्थापना दिवस (UN Day-2025) आज श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको...

भदौ २४ गतेको घटना राष्ट्र, लोकतन्त्र र अर्थतन्त्रमाथिको आक्रमण हो : पूर्वमन्त्री दिपक खड्का

काठमाडौँ - नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दिपक खड्काले कांग्रेसभित्र नियमित महाधिवेशन हुनुपर्ने बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको...

नेपाल–चीन बीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता

काठमाडौं - मित्रराष्ट्र चीनको सिचुवान प्रान्तस्थित मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन नेपाल र काठमाडौं जेन्जी ट्रेडिसनल आर्चरी एण्ड मार्सल आर्ट अर्गनाइजेसनबीच उसु खेलको...

भर्खरै

भदौ २४ गतेको घटना राष्ट्र, लोकतन्त्र र अर्थतन्त्रमाथिको आक्रमण हो : पूर्वमन्त्री दिपक खड्का

काठमाडौँ - नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री...

नेपाल–चीन बीच उसु खेल विकासका लागि तीन वर्षे सम्झौता

काठमाडौं - मित्रराष्ट्र चीनको सिचुवान प्रान्तस्थित मिनयाँङ उसु संघ,...

एन्फा मुख्यालयमा फुटबल समर्थकहरुको धर्ना (तस्वीरहरू)

पछिल्लो दुई वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद...

यस्तो देखियो माओवादी-समाजवादीसहितको एकता सम्मेलन (तस्विरहरू)

काठमाडौंको भृकुटीमण्डपमा ८ दलका कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ ।...

काठमाडौँको बागमती किनारमा देखिए दुर्लभ चरा (तस्वीरहरू)

काठमाडौं - काठमाडौँको थापाथलीस्थित बागमती नदी पुल नजिक दुर्लभ...

नेपाल स्ट्रीट प्रिमियर लिग सुरु : पहिलो दिन तीन खेलमा क-कसले जित निकाले ?

काठमाडौं - नेपालकै सबैभन्दा ठूलो टेनिस बल क्रिकेट प्रतियोगिता...

धेरै पढिएको