ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA थाईल्याण्ड पुरस्कार प्रदान गरिएको छ।

यो सम्मान संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद (ECOSOC) अन्तर्गत प्रदान गरिएको हो। UIPM संस्था Asia Pacific Quality Network (APQN), United Nations Global Compact, तथा Higher Education Sustainability Initiative (HESI) को गर्वित सदस्य समेत हो।

थाईल्याण्डको KIFF (Knowledge and Innovation for Future Foundation) को पहलमा आयोजना गरिएको यस कार्यक्रममा श्री यादवलाई संस्कृति तथा शिक्षा क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको मान्यता स्वरूप यो पुरस्कार प्रदान गरिएको हो।

श्री यादव एक शिक्षाविद्, उद्यमी, तथा नेपालमा खेलकुद प्रवर्द्धनमा सक्रिय व्यक्तित्वको रूपमा परिचित हुनुहुन्छ। उहाँको नेतृत्वमा हृत एकेडेमी शैक्षिक नवप्रवर्तन र उत्कृष्टताको केन्द्रको रूपमा स्थापित भएको छ भने, हिसान बागमतीमा उहाँको योगदानले संस्थागत समन्वय र विद्यार्थी क्रियाशीलता अझ सशक्त बनाएको छ।

उहाँलाई प्रदान गरिएको यो पुरस्कारले शैक्षिक विकाससँगै सांस्कृतिक पहिचानको संरक्षणप्रति उहाँको समर्पणलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिएको छ। यसले सम्पूर्ण नेपालका शिक्षक, शिक्षाविद् र शैक्षिक संस्थाहरुलाई थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको