कोरोना: चुनौती र अवसर (कविता)

 -रेणुका जिसि खतिवडा 

मौसम बसन्तको

माहोल शिशिरको

समय बिपद्को

परीक्षा धैर्यताको।

नभनौँ हामीसम्म

आइपुगेको छैन भनेर

आउन नदिनका लागि

प्रयास गरौँ धिरज राखौँ

यो घडी सजिलै पार गरौँ

ननिस्कौँ केही समय घर बाहिर

नजाउँ चोक गल्लीहरुमा

नभेटौँ प्रत्यक्ष कोही साथीभाई

बसौँ आफ्नो घरभित्र

खेलौँ आफ्ना केटाकेटीसँग

केटाकेटी जस्तै केटाकेटीका

हजुरबा हजुरआमासँग सुनौँ-

त्यो जमानाका किस्सा बुढापाकाका

अनुभुति तिता मीठा !

एक्लै बसौँ – एक्लो नबनौँ

दराजमा थन्किएका

पुराना एल्बम निकालौँ

छोराछोरीलाई

आफ्ना साथीभाइका

तस्वीर देखाऔँ

आफ्नो विगतमा

फर्कौँ यादहरु बाडौँ

सम्झनामा केही पल

बाचौँ ती स्कुले साथीहरु,

गुरुहरु कोही अनलाइन पो हुनुहुन्छ कि ?

हेरौँ, खोजौँ ,सम्झिऔँ कसैले सम्झिनु-

कसैलाई सम्झिनु- कोही वर्षौँपछि भेटिनु-

कसैलाई तँ भनेर सम्बोधन गरि बोल्न पाउनु,

संकोच मानी मानी गुरु,

गुरुआमासँग आफ्ना गल्तीका

विवरण सुनाउनु- कति आनन्ददायक हुन्छ !

यो मौका फेरि नआउन पनि त सक्छ !

गफैगफमा, एकछिन त्यो विद्यालयमा पुग्नुस्

जहाँ चपक्क बाबाको हात समाएर छिर्नुभयो

त्यो कालोपाटीमा फेरि हेर्नुस्

जहाँ गणीत शिक्षकलाई भगाउन

हरियो खुर्सानीले अस्पष्ट आक्रोशका

अक्षर कोरीरहनु भयो

एकछिन त्यो चौरीमा पुग्नुस् –

भलिवल खेल्नुस् सम्झनुस त !

कति दिन देखिको रिस संगालेर

प्रहार गर्नुभएको थियो

त्यो सर्ट जसले कसैको नाकबाट

रगत र आँखाबाट आँसुसँगै

बगाएको थियो अनि

तपाईंले सकुनको सास

फेर्नुभएको थियो ।

एक्लै बस्नुस् तर एक्लो नबन्नुस्

सम्झनुस् ती भित्ताहरु, ठुला ढुङाहरु

ती पोस्ट्कार्ड सबै सम्झनुस्

ती प्रेमपत्र जो तपाईंहरुले कसैको नाममा लेखिदिनुभयो

र साटिदिनुभयो त्यही प्रेमपत्रको जगमा

आज उनीहरुले जीवन साटिरहेका छन्

उनीहरुसँग पनि कुरा गर्नुस्

अझ उसलाई नछुटाउनुस् –

जस्ले तपाईंको नामसँग आफ्नो नाम जोडेर

भित्ता भरिरह्यो र तपाईं मेटिरहनुभयो

अन्त्यमा केही नलागेपछि

दाजुको कुटाइ खुवाउनुभो

उसँग त माफी नै माग्नुस्

ती केटा साथीहरू जोसँग परीक्षामा

बाहेक अघिपछि बोल्नुभएन

तिनीहरुसँग पनि बोल्नुस्,

कसैलाई दुख्नेगरी बोल्नुभयो कि त !

कहिँ बोल्नुपर्ने ठाउँमा

चुपचाप रहनुपो भयो कि त !

कुनै गल्ती सम्झिनुभएको छ ?

-माफी माग्नुस् उनीहरुको लागि होइन

आफ्नो लागि मन हलुका बनाउनुहोस्

यस्तो मौका फेरि नआउन पनि त सक्छ !

केही पल आफुलाई छुट्याउनुहोस्

कुनै परिकार पो छ कि

तपाईंलाई खान मन लागेको,

पकाउन नभ्याएको कुनै रहरहरु

पूरा नभएको केही पल

आफ्नै घरलाई छुट्याउनुहोस्

व्यस्तताले यसअघि कहिल्यै छुन

नपाउनु भएको हुनसक्छ

शौचालयका भित्ता, पर्खाल वरिपरिका झारहरु,

गमलाभित्रको माटो झ्यालका सिसाहरु,

जालीहरु यी सबैलाई स्पर्श गर्नुस्

म छु भन्ने अनुभुती दिनुस्

आफैलाई माझ्नुस् यिनको सुन्दरतामा

चम्किनुस् आफैलाई रिचार्ज गर्नुस् अझै उर्जा भर्नुस् ।

दराजको कुनै कुनामा थन्किएका होलान्

स्कुले किताब पढ्ने बाहनामा

किताब भित्रै छुपाएर लुकिलुकी

तपाईंले पढेका उपन्यासहरु मुस्कुराउँदै

धुलो टकटकाउनुस् ती अक्षरहरुसँग

फेरी संवाद गर्नुस् केही समय सन्तानका लागि

छुट्याउनुस् पक्कै भर्चुअल दुनियाँमा

जन्मिएका तपाईंका छोराछोरी

खेल्नै पाएका छैनन् चि मुसी चि,

गाउँखाने कथा, झ्यारझ्यारफु एकछिन खेलाउनुस्

खेल्नुस् आफ्ना आफन्त चिनाउनुहोस्

नातागोताको संरचना बुझाउनुस्

उनिहरुका कुरा सुन्नुस् कल्पना सुन्नुस्,

सपना देख्न सिकाउनुस् समय प्रतिकुल छ

त्रसित छन् बाल आँखाहरु चिन्तित छन्

बृद्ध अनुहारहरू एकोहोरो टिभी र मोबाइल स्क्रीनमा

नयाँ अपडेट खोजिरहेका छन् युवा प्रौढ पुस्ताहरु ।

हतियार या क्षेप्यास्त्र बिना युद्ध यसरी पनि त हुँदो रहेछ !!

नडराउनुस तर सचेत बन्नुस्

स्वार्थ त्याग्नुस सहयोगी बन्नुस्

एक्लै बस्नुस तर एक्लो नबन्नुस्

धैर्यता राख्नुस करुणा बाँड्नुस्

बस रिचार्ज गरिराख्नुस् आफ्नो उत्साहलाई,

बुलन्द बनाउनुहोस् इच्छाशक्तिलाई ।

यो युद्धको विषम रुपसँग संसार जुधिरहेको छ

ती सबैलाई सम्मान गर्नुस्

जसले हाम्रा लागि आफुलाई बिर्सेका छन्

पक्कै पनि हामी बहादुर छौँ पार गर्न सक्छौँ हामी

यो युद्ध यसअघि पनि पार गरेकै हौँ

भुकम्पको थरथराहट, टोर्नाडोको गडगडाहाट ।

बस ननिस्कौँ केही समय घर बाहिर

नजाउँ चोक गल्लीहरुमा नभेटौँ

प्रत्यक्ष कोही साथीभाई ।

मौसम बसन्तको माहोल

शिशिरको समय बिपद्को परीक्षा धैर्यताको ।

धिरज राखौँ यो घडी सजिलै पार गरौँ

एक दिन उदाउनेछ एउटा सग्लो सूर्य

बोकेर सुन्दर बिहानी अनि मन्दिरबाट

घन्किनेछ्न घण्टीका आवाज मस्जिदबाट

अल्लाह हु अकबर यी बन्द स्कुलहरु खुल्नेछ्न्

र घन्किनेछ्न् ताराबाजी लै लै बिराना चौरीहरु

भरिनेछ्न् केटाकेटीका पैतालाले र खेल्नेछ्न् लुकामारी

सुनसान सडकहरु फेरि जाग्नेछ्न् र दौडाउनेछ्न् गन्तव्यमा

पुग्न हतार मान्छेहरुलाई फेरि फर्कनेछ

संसारको गति बग्नेछन् सबैजना आ- आफ्नै लयमा

बुढापाका अनुहारको मुस्कानले फेरि भन्नेछ

डरको अगाडि जीत हुन्छ

हामीले भन्नेछौं- हामीले फेरि जित्यौँ ।

रौतहट, चन्द्रनिगाहपुर ।

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको