नेपाल प्रहरी दक्षिण एसियामै उत्कृष्ट

काठमाडौं – स्रोतसाधनको अभावका अतिरिक्त छिटपुट घटना बाहेक मुलुकको शान्ति सुरक्षा र अपराधका घटनामा निष्पक्ष छानविन गरी अपाराधीलाई कानुनी कठघरामा ल्याउन सफल नेपाल प्रहरी दक्षिण एसियामै उत्कृष्ट स्थानमा छ ।

दक्षिण एसियाका आठ देशमध्ये नेपाल शान्त र सुरक्षित गन्तव्यका रूपमा पहिलो स्थानमा रहन सफल भएको छ । संयुक्त राष्ट्रसङ्घ (यूएन)को मापदण्डअनुसार एक प्रहरी कर्मचारी बराबर ३३३ जना नागरिक हुनुपर्छ तर नेपालमा भने ४३५ जना बराबर एक प्रहरी छन् ।

कुल दरबन्दी ७६ हजार भए पनि करिब ६५ हजार जनशक्ति कार्यरत छन् । त्यसमा अपराध अनुसन्धानमा करिब पाँच प्रतिशत दक्ष जनशक्ति छन् ।

कानुन तथा न्यायको शासन सञ्चालनसम्बन्धी (रुल अफ ल–इन्डेक्स २०१९) सूचकाङ्कले नेपाललाई सार्क राष्ट्रमा नै उत्कृष्ट देखाएको छ ।

‘रुल अफ ल’ कार्यान्वयनमा नेपाल विश्वको ५९औँ स्थानमा छ । भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का ११२ देखि १२३ सम्मका स्थानमा छन् ।

सर्वसाधारण नागरिकको शान्ति सुरक्षाका लागि निर्माण गरिएका कानुन, कानुनको कार्यान्वयनमा सुरक्षा निकायले निर्वाह गरेको जिम्मेवारी, भूमिका र कामकारबाहीलाई सूचकाङ्क वर्गीकरणमा समेट्ने गरेको विश्व न्याय प्रोजेक्ट (वल्र्ड जस्टिस प्रोजेक्ट)ले जनाएको छ ।

त्यस्तै, विश्व पिस इनडेक्स–२०१९ नेपाल ७१औंँ स्थानमा परेको छ । शान्ति सुरक्षाका लागि नेपाल अर्जेन्टिना पछि आउँछ । आइसल्यान्ड, न्युजिल्यान्ड, पोर्चुगल क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । ती देशमा अपराधका घटना हुनै छोडेपछि जेलसमेत भत्काउन थालिएको छ ।

नेपाल प्रहरी पछिल्लो एक वर्षदेखि निकै चर्चामा आएको कञ्चनपुर महेन्द्रनगरकी किशोरी निर्मला पन्तको बलात्कार पछिको हत्या घटनाका दोषी पत्तालगाउन नजिक पुगेको दाबी गरेको छ ।

एसियाली विकास बैङ्क (एडीबी)ले हालै सार्वजनिक गरेको एक तथ्याङ्कले नेपालको ६४ प्रतिशत जनता प्रहरी सेवाप्रति खुसी हुने गरेको देखाएको छ । प्रहरी कर्मचारी (व्यक्ति) भन्दा संगठनबाट प्रदान हुने सेवालाई सर्वसाधारणले मन पराउने गरेको बताइएको छ ।

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको