काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई बधाई दिएका छन ।
प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै सम्भव भएसम्म राम्रो गर्न सुझाव दिएका छन् । यस्तै बदनामी हुने कर्मबाट जोगिनु आग्रह गरेका हुन् । उनले ट्विटमा लेखेका छन्, ‘नम्र आग्रह छ संभव भएसम्म राम्रो गर्नु,कम्तिमा बदनामी हुने कर्मबाट जोगिनु ।’
शर्माले भट्टराईसँग विद्यार्थी राजनीतिको अनुभव रहेको उल्लेख गर्दै मन्त्रीका लागि योग्य हुनसक्ने टिप्पणी गरेका छन् ।
विद्यार्थी राजनीति क्रममा हार्दिकता र द्वन्द्वको दुई खाले मनस्थितिमा काम गरेको ब्यक्तिगत अनुभव भन्छ @yogesbhattarai मन्त्रीका रूपमा सुयोग्य हुनसक्छन् l नम्र आग्रह छ संभव भएसम्म राम्रो गर्नु,कम्तिमा बदनामी हुने कर्मबाट जोगिनु !
नयाँ जिम्मेवारीका लागि पुराना मित्रलाई
हार्दिक बधाई! pic.twitter.com/5jp3vqH72I— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 31, 2019