प्रधानमन्त्रीले जे गरे ठिक गरे, सबैले साथ दिनुपर्छ : जलस्रोत विज्ञ बास्तोला

काठमाडौँ – सुर्यनाथ बास्तोला नेपालका वरिष्ठ जलसोत विज्ञ हुुन । नेपाल विद्युत प्राधिकरणको डाइरेक्टर इनचिफबाट सेवा निवृत्त भएका उनी समसामयिक विषयमा आफ्नो धारणा ब्यक्त गर्ने गर्दछन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे उनीसँग गरिएको कुराकानीको मुुख्य अंश.

पछिल्लो राजनीतिक घटनाक्रमलाई यहाँले कसरी लिनुभएको छ ?

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई सरकार सञ्चालन गर्न पार्टीले सहयोग र पूरा समर्थन गर्नुको साटो असहयोग र अनावश्यक दवाब दिने, सरकारले गरेका राम्रो कामलाई पनि अनेक बहानामा बिरोध गर्ने, गुटगत भेला गरेर प्रधानमन्त्रीलाई हटाउन प्रयास गरेकोले नै उहाँले बाध्यात्मक परिस्थितिमा मध्याबधी निर्वाचनको निर्णय गरेको हो । प्रम ओलीले समृद्ध नेपाल र सुखी नेपाली भन्ने नारा त्यत्तिकै दिनुभएको होइन नि । उहाँले नेपालको मुहार फेर्ने प्रतिज्ञा गर्नुभएको छ । छोटकरीमा भन्ने हो भने म यसलाई स्वाभाविक रुपमा नै लिन्छु ।

तपाइँको विचारमा प्रधानमन्त्री ओली आगामी दिनमा कसरी अगाडि बढ्दा सफल हुनुहुन्छ ?

म राजनीतिक र कानुनको विषयमा बोल्न चाहन्न । म यो विषयको ज्ञाता पनि होइन । प्रधानमन्त्री ओली काम गरेर परिणाम देखाउन सक्ने दृढ इच्छाशक्ति भएको राजनेता हो । उहाँलाई कसरी छोटो समयमा नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने कुराको बढी नै ज्ञान छ । सार्वजनिक रुपमा पनि यो कुरा आम जनतालाई यहाँले बताइरहनुभएको छ । जनताको मतबाट निर्वाचित भएर आएको प्रधानमन्त्रीलाई हामी सबैले साथ र सहयोग दिनुपर्छ । प्रतिनिधिसभाको निर्वाचनको मितिसमेत तय भइसकेकोले अब सबैले उहाँलाई साथ दिनुपर्छ । उहाँले कर्मचारीतन्त्रलाई अझ प्रभावकारी ढंगले परिचालन गर्नुपर्छ । समाजमा भएको विद्धत वर्ग, बुदिजीवी, विज्ञहरु सबैको राय सुझाव लिएर अगाडि बढ्नुपर्छ । अर्को कुरा उहाँले दिनुभएको नारालाई पुरा गरेर देखाउने उपयुक्त समय यही हो । पार्टीमा आन्तरिक कलह र झैझगडा नेपालको राजनीतिमा निकै पुरानो समस्या हो । राजनेताले यी सबै कुरालाई फेस गरेर अगाडि जानुपर्छ । विकासमा कामलाई प्राथमिकता दिनुपर्छ । राष्टिय योजना आयोग, नेपाल लगानी बोर्ड र अरु संस्थालाई थप प्रवावकारी बनाउनपर्छ । उचित ब्यक्तिलाई उचित ठाउँ दिनु आवश्यक छ । सरकारले गरिरहेका विकासका कामको प्रभावकारि अनुगमन र मुूल्यांकन गर्न पद्धति बसाउनुपर्छ । संविधानको मर्मलाई आत्मसाथ गरेर स्वतन्त्र, निष्पक्ष र पारदर्शी तरिकाले निर्वाचन गरेर देखाउनुपर्छ । यो नै उहाँको प्राथमिकतामा पर्नुपर्छ भनने मेरो विचार हो ।

ओली नेतृत्वको सरकारले त केही उल्लेखनीय कार्यहरु नै गरेको थियो होइन र ?

म लामो समय नेपालको प्रशासनको उच्च तहमा रहेको काम गरेको अनुभवमा भन्ने हो भने यो सरकारले जनपक्षीय कामहरु नै गरेको छ । छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाएको छ । भारतले कब्जा गरेको कालापानी लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरको छ, नेपालको इतिहासमा यो एक ऐतिहासिक काम हो । कोभिड महामारी नियन्त्रणमा राम्रो काम गरेको छ । विकास निर्माणका कामहरु भएका छन् ।

अन्त्यमा थप केही भन्न चाहनुहुन्छ कि ?

सर्वप्रथम प्रम ओलीलाई उहाँले लागू गरेका कामहरु गरेर देखाउने समय हो त्यसको लागि शुभकामना दिन चाहन्छु । विकासबिना जनताको मन जित्न नसकिने भएकाले विकासलाई प्राथमिकता दिन अनुरोध गर्दछु । नेपाल प्राकृतिक जलस्रोतमा अथाह सम्भावना भएको देश हो । जलविद्युतका ठुला ठुला आयोजनाहरु गरेर नै नेपाललाई समृद्धशाली बनाउन सकिन्छ । मैले अमेरिका बेलायत युरोप चाइना, भारत क्यानडा जर्मनी लगायतका देशहरुसँग भएको वार्ताहरुका अनुभवमा भन्ने हो भने विदेशीहरु नेपालको जलस्रोतमा जति पनि लगानी गर्न चाहन्छन् त्यसको लागि हामीले लगानीमैत्री वातावरणको सिर्जना गर्नुपर्छ । पर्यटन, कृषिमा आधुकिनीकरण, पशुपालन, जडिबुटी उत्पादन गरेर नेपाल समृद बनाउन सकिन्छ ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको