प्रधानमन्त्रीले जे गरे ठिक गरे, सबैले साथ दिनुपर्छ : जलस्रोत विज्ञ बास्तोला

काठमाडौँ – सुर्यनाथ बास्तोला नेपालका वरिष्ठ जलसोत विज्ञ हुुन । नेपाल विद्युत प्राधिकरणको डाइरेक्टर इनचिफबाट सेवा निवृत्त भएका उनी समसामयिक विषयमा आफ्नो धारणा ब्यक्त गर्ने गर्दछन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे उनीसँग गरिएको कुराकानीको मुुख्य अंश.

पछिल्लो राजनीतिक घटनाक्रमलाई यहाँले कसरी लिनुभएको छ ?

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई सरकार सञ्चालन गर्न पार्टीले सहयोग र पूरा समर्थन गर्नुको साटो असहयोग र अनावश्यक दवाब दिने, सरकारले गरेका राम्रो कामलाई पनि अनेक बहानामा बिरोध गर्ने, गुटगत भेला गरेर प्रधानमन्त्रीलाई हटाउन प्रयास गरेकोले नै उहाँले बाध्यात्मक परिस्थितिमा मध्याबधी निर्वाचनको निर्णय गरेको हो । प्रम ओलीले समृद्ध नेपाल र सुखी नेपाली भन्ने नारा त्यत्तिकै दिनुभएको होइन नि । उहाँले नेपालको मुहार फेर्ने प्रतिज्ञा गर्नुभएको छ । छोटकरीमा भन्ने हो भने म यसलाई स्वाभाविक रुपमा नै लिन्छु ।

तपाइँको विचारमा प्रधानमन्त्री ओली आगामी दिनमा कसरी अगाडि बढ्दा सफल हुनुहुन्छ ?

म राजनीतिक र कानुनको विषयमा बोल्न चाहन्न । म यो विषयको ज्ञाता पनि होइन । प्रधानमन्त्री ओली काम गरेर परिणाम देखाउन सक्ने दृढ इच्छाशक्ति भएको राजनेता हो । उहाँलाई कसरी छोटो समयमा नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने कुराको बढी नै ज्ञान छ । सार्वजनिक रुपमा पनि यो कुरा आम जनतालाई यहाँले बताइरहनुभएको छ । जनताको मतबाट निर्वाचित भएर आएको प्रधानमन्त्रीलाई हामी सबैले साथ र सहयोग दिनुपर्छ । प्रतिनिधिसभाको निर्वाचनको मितिसमेत तय भइसकेकोले अब सबैले उहाँलाई साथ दिनुपर्छ । उहाँले कर्मचारीतन्त्रलाई अझ प्रभावकारी ढंगले परिचालन गर्नुपर्छ । समाजमा भएको विद्धत वर्ग, बुदिजीवी, विज्ञहरु सबैको राय सुझाव लिएर अगाडि बढ्नुपर्छ । अर्को कुरा उहाँले दिनुभएको नारालाई पुरा गरेर देखाउने उपयुक्त समय यही हो । पार्टीमा आन्तरिक कलह र झैझगडा नेपालको राजनीतिमा निकै पुरानो समस्या हो । राजनेताले यी सबै कुरालाई फेस गरेर अगाडि जानुपर्छ । विकासमा कामलाई प्राथमिकता दिनुपर्छ । राष्टिय योजना आयोग, नेपाल लगानी बोर्ड र अरु संस्थालाई थप प्रवावकारी बनाउनपर्छ । उचित ब्यक्तिलाई उचित ठाउँ दिनु आवश्यक छ । सरकारले गरिरहेका विकासका कामको प्रभावकारि अनुगमन र मुूल्यांकन गर्न पद्धति बसाउनुपर्छ । संविधानको मर्मलाई आत्मसाथ गरेर स्वतन्त्र, निष्पक्ष र पारदर्शी तरिकाले निर्वाचन गरेर देखाउनुपर्छ । यो नै उहाँको प्राथमिकतामा पर्नुपर्छ भनने मेरो विचार हो ।

ओली नेतृत्वको सरकारले त केही उल्लेखनीय कार्यहरु नै गरेको थियो होइन र ?

म लामो समय नेपालको प्रशासनको उच्च तहमा रहेको काम गरेको अनुभवमा भन्ने हो भने यो सरकारले जनपक्षीय कामहरु नै गरेको छ । छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाएको छ । भारतले कब्जा गरेको कालापानी लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरको छ, नेपालको इतिहासमा यो एक ऐतिहासिक काम हो । कोभिड महामारी नियन्त्रणमा राम्रो काम गरेको छ । विकास निर्माणका कामहरु भएका छन् ।

अन्त्यमा थप केही भन्न चाहनुहुन्छ कि ?

सर्वप्रथम प्रम ओलीलाई उहाँले लागू गरेका कामहरु गरेर देखाउने समय हो त्यसको लागि शुभकामना दिन चाहन्छु । विकासबिना जनताको मन जित्न नसकिने भएकाले विकासलाई प्राथमिकता दिन अनुरोध गर्दछु । नेपाल प्राकृतिक जलस्रोतमा अथाह सम्भावना भएको देश हो । जलविद्युतका ठुला ठुला आयोजनाहरु गरेर नै नेपाललाई समृद्धशाली बनाउन सकिन्छ । मैले अमेरिका बेलायत युरोप चाइना, भारत क्यानडा जर्मनी लगायतका देशहरुसँग भएको वार्ताहरुका अनुभवमा भन्ने हो भने विदेशीहरु नेपालको जलस्रोतमा जति पनि लगानी गर्न चाहन्छन् त्यसको लागि हामीले लगानीमैत्री वातावरणको सिर्जना गर्नुपर्छ । पर्यटन, कृषिमा आधुकिनीकरण, पशुपालन, जडिबुटी उत्पादन गरेर नेपाल समृद बनाउन सकिन्छ ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको