- महेश सिंह महतो
सिरहा – सिरहाको गोलवजारमा प्रतिबन्धित लागुऔषध सहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा
सिरहाको गोलवजार नगरपालिका १२ बस्ने ४२ बर्षीया सिया कुमारी महतोलाई १ केजि ५०० ग्राम गाँजा सहित पक्राउ गरेको हो ।
विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलवजरबाट प्रहरी निरीक्षक नविन कुमार घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले महतोको घरमा खोज तलास गर्दा निजले लुकार्ई छुपाई राखेको कागजको पोका ३७ थान,प्लाष्टिकको झोला २ थानमा राखेको १ केजि ५०० ग्राम गाँजा र ३ हजार ४ सय ४४ रुपैया घरबाट बरामत गरिएकोप्रहरीले जनाएको छन ।
पक्राउ परेकी महतोलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखीएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता अपिलराज वोहराले बताए ।