रामेछापमा रगत अभाव

रामेछापका विभिन्न अस्पतालमा रगत अभावले बिरामीलाई सास्ती भएको छ । नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्र बन्द भएपछि रगतको अभावमा बिरामीहरु समस्यामा पर्ने गरेका छन् । रगतको अभावमा जिल्लामा उपचार हुनसक्ने विरामीहरुलाई पनि उपचारको लागि काठमाडौं पठाउनु पर्ने बाध्यता छ ।

नेपाल रेडक्रस सोसाइटीले २०७३ साल माघदेखि सञ्चालन गर्दै आएको रक्तसञ्चार केन्द्र बन्द भएपछि जिल्लामा रगतको अभाव भएको हो । रक्तसञ्चार केन्द्रमा रगत खोज्न जाने बिरामीका आफन्त रित्तो हात फर्कने गरेका छन् । सिन्धुली, दोलखा, ओखलढुङ्गालगायत जिल्लाहरुबाट मृगौलाको डायलासिस गर्न आउने बिरामीहरु, रगतको अभावमा समस्यामा पर्ने गरेका हुन् । विशेष गरि सुत्केरी, गर्भवती महिला र दुर्घटनामा परी घाइते भएकाहरु पीडित बनेका छन् । रामेछापको सदरमुकाम मन्थलीमा रहेको तामाकोसी अस्पतालमा प्रत्येक महिना ४ देखि ५ जनासम्म रगत चढाउनु पर्ने बिरामी आउने गर्दछन् ।

सिफारिस

जनकपुरको हटिया बजार (तस्वीरहरू)

जनकपुर — जनकपुरको मिथिला विहारी नगरपालिका-२ मा साप्ताहिक रूपमा लाग्ने हटिया (हाट बजार) स्थानीय उत्पादनहरू सहज रूपमा उपभोक्तासम्म पुर्‍याउने महत्वपूर्ण माध्यम बनेको छ। प्रत्येक...

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा...

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका सदस्यहरुले ग्लोबल आइएमई बैंक लिमिटेडको सहयोगमा क्यामेरा खरिदको लागि विना धितो ऋण पाउने भएका छन...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन्...

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन...

सिजन मिडियाद्धारा १८ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान

काठमाडौँ -  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८...

उर्जामन्त्री खड्काद्वारा पोखराको रुपाताल परियोजनाको अनुगमन

काठमाडौँ - उर्जा, जलस्रोेत तथा सिंचाईमन्त्री दीपक खड्काले पोखराको...

वोर्ल्ड क्लास स्कुलमा सरस्वती पूजासँगै बालबालिकाको अक्षरारम्भ (तस्वीरहरू)

काठमाडौं - माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री...

धेरै पढिएको