मेस्सीलाई ५० हजार अमेरिकी डलर जरिवाना सहित ३ महिना प्रतिबन्ध

काठमाडौं – अर्जेन्टिना फुटबल टिमका क्याप्टेन लियोनल मेस्सीलाई ३ महिना अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ ।

कोपा अमेरिका फुटबलबारे उनले गरेको टिप्पणीलाई लिएर दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकाय कोनमेबोलले उनीमाथि प्रतिबन्ध लगाएको हो ।

गएको महिना ब्राजिलममा भएको कोपा अमेरिका फुटबल प्रतियोगिताका क्रममा मेसीले यसलाई ‘भ्रष्ट’ भनेका थिए । साथै उनले कोपा अमेरिकाको उपाधि ब्राजिलका लागि निश्चित भएको टिप्पणीसमेत गर्न भ्याएका थिए । मेस्सीका लागि यही अभिव्यक्ति महँगो सावित भएको छ ।

प्रतिबन्धसँगै उनीमाथि जरिवानासमेत लगाइएको छ । बीबीसीका अनुसार, मेस्सीले ५० हजार अमेरिकी डलर तिर्नुपर्नेछ ।

तर, जरिवाना र प्रतिबन्धविरुद्ध मेस्सीले अपिल गर्न सक्नेछन् । त्यसका लागि उनीसँग ७ दिन समय रहेको बीबीसीले जनाएको छ ।

आउँदो सेप्टेम्बर र अक्टुबरमा अर्जेन्टिनाले चिली, मेक्सिको र जर्मनीसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । मेस्सीको अपिल खारेज भएमा उनले ती कुनै पनि खेल खेल्न पाउने छैनन् ।

मेस्सीमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइए पनि उनी क्लब प्रतिष्पर्धामा भने सहभागी हुन पाउनेछन् ।

सिफारिस

आजको मौसम : यी प्रदेशमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी...

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष श्री आनन्द कुमार यादवलाई थाईल्याण्डको Universal Institute of Professional Management (UIPM) द्वारा आयोजित दोस्रो IPA...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले गैरआवासीय नेपालीबीचको एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रूपान्तरण गर्न सकिने...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऋत एकेडेमीका प्राचार्य आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

 ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष...

एकता, अनुभव र लगानीलाई नेपालको समृद्धिमा रुपान्तरण गरौं : मन्त्री काफ्ले

दक्षिण कोरिया, साउन १० — बागमती प्रदेशका आर्थिक मामिला...

जलवायु परिवर्तन र विपद्लाई साझा रूपमा सम्बोधन गर्नुपर्नेमा जोड

काठमाडौँ - युवालाई उद्यम, हरित अर्थतन्त्र र प्रविधिको साक्षरतासँग...

नेपालकै ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया खुला

काठमाडौँ - डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा...

दिव्य पशुपतिनाथ अभियान सुरू, पर्यटन मन्त्रीबाट वृक्षारोपण गरेर आम्भ

काठमाडौं - विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर...

साउन महिनामा धार्मिक आस्था र परम्पराप्रतिको समर्पण झनै बढ्दो (तस्वीरहरू)

नेपाली हिन्दू नारीहरूको जीवनशैली र धार्मिक संस्कारमा विशेष स्थान...

धेरै पढिएको