विष्णु र राजनको तीज गीत ‘सुन सुन राष्ट्रपति’ (हेर्नुस् भिडियो)

काठमाडौं – विष्णु परियार र राजन वख्रेलको स्वरमा रहेको ‘सुन सुन राष्ट्रपति’ बोलको तीज गीत सार्वजनिक भएको हो । दिलीप रेग्मीको शब्द सङ्गीतमा रहेको उक्त गीतले नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गरेको छ ।

राजनीतिको झुटा आश्वासन, नेताहरूको झुटा सपना र चिप्ला-चिप्ला भाषणले सर्वसाधारणलाई दिक्क पारेको गीतले बोलेको छ । गीतमा पानी जहाज र रेल भन्दा पनि नेपाली चेलीबेटी आमा दिदीबहिनीहरू ढुक्कसँग हिँड्न डुल्न घुम्न रमाउन पाउनु पर्ने समावेश गरिएको छ । चुनावको बेलामा ठूला ठूला गर्ने तर अहिले जनताले सिटामोल पनि खाए नपाएको दुखेसो उक्त गीतमार्फत पोखिएको छ ।

उक्त गीतको भिडियोलाई दिलीप रेग्मीले निर्देशन गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन् । निरेन श्रेष्ठको कोरियोग्रफिमा रहेको गीतको भिडियोमा अलिन रायमाझी, दिलीप रेग्मी र यादव देवकोटाको फिचरिङ रहेको छ ।

त्यस्तै उक्त गीतको भिडियोमा अम्बिका जिसी रोकालाई राष्ट्रपति, दल बहादुर केसीलाई प्रधानमन्त्री र माधव अधिकारीलाई गृहमन्त्रीको रूपमा देखाइएको छ ।

हेर्नुस् भिडियो

सिफारिस

प्रहरी महानिरीक्षकबाट प्रहरीको महिला भलिबल टोलीलाई विदाइ

काठमाडौं- माल्दिभ्समा भदौ ३० देखि असोज ५ गतेसम्म हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला टोलीलाई नेपाल प्रहरीले शुभकामना...

सार्वजनिक भयो विश्व रेकर्ड राख्न सफल हरिगोपाल प्रधानको गीतको भिडियो

काठमाडौं - वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानको ‘सरर बग्यो हावा’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।  विश्व कीर्तिमानी गीतको म्युजिक भिडियो...

नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भात्किदैन : बालेन

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयमा महानगरलाई गाली गरेर न्याय नपाउने स्पष्ट गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सार्वजनिक भयो विश्व रेकर्ड राख्न सफल हरिगोपाल प्रधानको गीतको भिडियो

काठमाडौं - वरिष्ठ फोटो पत्रकार तथा गीतकार हरिगोपाल प्रधानको...

नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भात्किदैन : बालेन

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन शाहले सर्वोच्च अदालतले आदेश...

सम्पादक समाज पदयात्रा गर्दै शिवपुरीको लौके झरना पुग्दा … (तस्वीरहरू)

शिवपुरी - सम्पादक समाज नेपालले ‘जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणका...

भक्तपुरमा तिजको रौनक (तस्वीरहरू)

काठमाडौं- आज हरितालिका (तीज) पर्व महादेवको पूजा आराधना गरी...

मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्वको रौनक

धनुषा – जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको...

आज हरितालिका तीज : यस्तो छ धार्मिक विश्वास

आज हरितालिका (तीज) पर्व मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिनमा...

धेरै पढिएको