प्रधानमन्त्री ओली सिङ्गापुर गए, पोखरेल कार्यवाहक प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि सिङ्गापुरतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली शनिबार राति सिंगापुर प्रस्थान गरेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफू स्वास्थ्योपचार गराउन सिङ्गापुर जान लागेको संक्षिप्त प्रतिक्रिया दिए । प्रधानमन्त्रीका साथमा उनका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ सदस्य सहभागी रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा आइतबारदेखि स्वास्थ्य परीक्षण शुरु हुनेछ । उनले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गर्ने कार्यक्रम छ । यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्यान्डमा गएका थिए ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर आगामी शुक्रबार (साउन २४ गते) स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

ईश्वर पोखरेल कार्यवाहक प्रधानमन्त्री

यसैबीच उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई उक्त जिम्मेवारी दिएकी हुन् ।

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणको सिलसिलामा सिङ्गापुरतर्फ प्रस्थान गरेकाले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई तोकेकी छिन् ।

प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम उपप्रधानमन्त्री पोखरेललाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सिफारिस

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (IAWRT) नेपालको सहकार्यमा १५ दिने "मोबाइलबाट लघु चलचित्र निर्माण" कार्यशाला...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले समाजको गहिरो पीडा र संसदको गरिमामाथि गम्भीर प्रश्न उठाउँदै सरकार र सांसदहरूप्रति तथ्यपरक र...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

धेरै पढिएको