• शंकर बरुवाल 

रामेछाप – पूर्वराजा ज्ञानेन्द्र शाह नसच्चिए उनले नसोचेको हबिगत हुने नेपाल कम्युष्टि पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चेतावनी दिएका छन् ।

आइतबार वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्ने सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको उद्घाटन गर्दै प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने चेतावनी समेत दिए  ।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिहेकाले जनताले नागार्जुबाट निकाल्ने चेतावनी दिएका हुन् । उनले जनताको त्याग र बलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न सबैलाई आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया