उपत्यकामा बिहानैदेखि वर्षा, के होला ३ दिनको मौसम ?

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तर नेपालतर्फ सरेको बताएको छ ।

सोमबार दिउँसो देशभर बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले देशका तराईका धेरै स्थानमा वर्षा भइरहेको छ । साथै पूर्व र पश्चिम तराईका थोरै स्थाहरुमा भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ ।

सोमबार राति देशभर सामान्य बदली रही पश्चिमि, मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ । साथै मध्य र पश्चिमी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो देशभर बदली रही केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ । राती भने देशभर बदली रही धेरै स्थानहरुमा वर्षा हुनेछ । साथै मध्य र पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशभर बदली रही केही स्थानमा वर्षा हुने साथै पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षा हुनेछ । साथै पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टामा देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग पर्ने सम्भावना रहेको जनाएको छ । यस्तै पूर्व र पश्चिमी तराई तथा पहाडी भेगका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

सिफारिस

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ को रथारोहण शनिबार सम्पन्न गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

धेरै पढिएको