काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तर नेपालतर्फ सरेको बताएको छ ।

सोमबार दिउँसो देशभर बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले देशका तराईका धेरै स्थानमा वर्षा भइरहेको छ । साथै पूर्व र पश्चिम तराईका थोरै स्थाहरुमा भारी वर्षाको पनि सम्भावना रहेको जनाइएको छ ।

सोमबार राति देशभर सामान्य बदली रही पश्चिमि, मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ । साथै मध्य र पश्चिमी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो देशभर बदली रही केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ । राती भने देशभर बदली रही धेरै स्थानहरुमा वर्षा हुनेछ । साथै मध्य र पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशभर बदली रही केही स्थानमा वर्षा हुने साथै पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षा हुनेछ । साथै पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टामा देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग पर्ने सम्भावना रहेको जनाएको छ । यस्तै पूर्व र पश्चिमी तराई तथा पहाडी भेगका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here