तपाईको बच्चामा मोबाइलको लत छ ? मानसिक रोग ‘गेमिङ डिसअर्डर’ होला

काठमाडौं – के तपाईंका बालबालिका मोबाइलमा गेम खेल्ने, टिकटक बनाउने या भिडियो हेर्ने गर्छन् ? यस्तो धेरै मात्रामा गरे उनीहरूलाई मानसिक रोग ‘गेमिङ डिसअर्डर’को समस्या हुनसक्छ। अहिले धेरैजसो बालबच्चा ‘गेमिङ डिसअर्डर’को सिकार हुँदै गएको मनोविज्ञहरूको भनाइ छ। मोबाइल गेममा बच्चाहरू लिप्त हुँदै जाँदा उनीहरू त्यहाँबाट बाहिर आउनै चाहँदैनन् भन्ने खबर गाेरखापत्र दैनिकमा छ। यही कारण गेमिङ डिसअर्डरलाई अहिले विश्व स्वास्थ्य सङ्गठनले मानसिक रोगको श्रेणीमा राखेको मानसिक रोग विशेषज्ञ डा प्रवास अधिकारीको भनाइ छ। उनले भने, “जब बच्चाहरूमा यस्तो समस्या आउन थाल्छ, उनीहरू निदाउन छाड्छन्।

शारीरिक गतिविधिमा सक्रिय हुँदैनन्। खानपान अनियमित हुन थाल्छ। उनीहरू पारिवारिक र सामाजिक जीवनबाट भाग्न खोज्छन्। ” यो अवस्थामा पुग्दा बालबालिका हिंस्रक र आक्रामक हुने बताउँदै उहाँले एकान्तमा मात्र बस्न रुचाउने, सधैँ उदास रहनेजस्ता समस्या देखिए अभिभावकले बेलैमा ध्यान दिन सुझाव दिए।

बालबालिका उदास हुने, खान मन नगर्ने तथा मोबाइल धेरै हेर्ने समस्या लिएर धेरै अभिभावक आफूकहाँ आउने गरेको उनले जानकारी दिए। उनले थपे, “बच्चा फकाउन के गर्नुहुन्छ भन्दा सबैजसो अभिभावकले एउटै जवाफ दिन्छन्– मोबाइल खेलाउने। अर्थात् मोबाइलमा भिडियो हेर्ने वा गेम खेल्ने। अधिकांश अभिभावकको साझा समस्या हो यो। ” बालरोग विशेषज्ञ डा प्रज्ञा प्रधानका अनुसार बच्चाले नखाएर मात्र शारीरिक विकास नहुने होइन, गेमिङ डिसअर्डरको समस्याले पनि नकारात्मक असर पारेको हुन्छ। गेम खेलेपछि बालबालिकालाई समयमा भोक नलाग्ने, भोक लागे पनि खान मन नगर्ने र आफूले के खाएको थाहासम्म नपाउने अवस्था हुने उहाँको भनाइ छ। “मोबाइलसँगै भोक र निद्रा हराउने भएपछि कसरी शारीरिक विकास हुन्छ ?”, उनले प्रश्न गरे, “बालबालिकालाई मोबाइलको लत लगाउनेमा अभिभावकको कमजोरी हुन्छ। ” उनका अनुसार छोराछोरी घुक्र्याउँछन्, रिसाउँछन् अनि फकाउनु पर्‍यो भने मोबाइल खेल्न दिन्छौँ। कुनै काम लगाउनु पर्‍यो भने पनि त्यो काम गर्‍यौ भने मोबाइल खेल्न दिन्छु।

खाना खान मन गर्दैनन् भने अहिले खाना खायौ भने मोबाइल खेल्न दिन्छु अथवा मोबाइल हेर्दै खाऊ भन्ने चलन छ। डा अधिकारीले धेरैजसो अभिभावकले छोराछोरी फकाउन मोबाइलकै भर लिने गरेको जानकारी दिए। “मोबाइलमा हात परेपछि बच्चाहरू गेम खेल्न, भिडियो हेर्न तथा टिकटक बनाउन थाल्छन्। यसरी मोबाइलमा झुम्मिएपछि उनीहरू आफैँलाई भुल्छन्”, उनले थपे, “एकै ठाउँ घण्टौँ बसेको पनि उनीहरूले पत्तो पाउँदैनन्। ” भोक लागेको, आफ्नो अघिल्तिर को आयो, को गयो, के भइरहेको छ? केही पनि थाहा पाउँदैनन् किनभने उनीहरूको आँखा मोबाइलको स्क्रिनभित्र हुन्छ । मोबाइलमा गेम जति खेल्यो, उति खेल्न मन लाग्छ भन्दै डा प्रधानले स्पष्ट पारे, “भिडियो जति हेर्‍यो, उति हेर्न मन लाग्छ। यही कारण मोबाइल मोह पलाउँछ तथा लत लाग्छ।” बच्चाहरू हर क्षण मोबाइलकै बारेमा सोच्न थाल्छन्। उनीहरू फुर्सद पाउनासाथ मोबाइलमा झुम्मिन्छन्। उनीहरूको पढाइ, सोचाइ र दिनचर्या नै प्रभावित हुन्छ। सेभ चाइल्ड नेटका प्रमुख अनिल रघुवंशी भन्छन्, “कुनै पनि कुराको कुलत राम्रो हुँदैन। मोबाइलको कुलतले पनि बच्चालाई नराम्ररी बिगार्ने गर्छ। ”

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको