भारतको यो हर्कत नरोकिए कश्मिरमा नयाँ सकट उत्पन्न हुने पाकिस्तानी प्रधानमन्त्री खानको चेतावनी

काठमाडौं – कश्मिर मुद्दालाई लिएर भारतको जनमत बिभाजित भइरहेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मिरमा नयाँ संकट उत्पन्न हुने चेतावनी दिएका छन् । उनले जम्मु-कश्मिरलाई भारतको अत्याचारबाट मुक्त गर्ने उपयुक्त समय आएको टिप्पणीसमेत गरेका छन् ।

सीमा क्षेत्रमा तनाव भइरहेका बेला सरकार र सेनाको संयुक्त बैठक राखेका इमरानले त्यसलगत्तै लगातार तीनवटा ट्वीट गरेर कश्मिर मामिलामा अमेरिकी मध्यस्थता आवश्यक रहेकोसमेत बताएका छन् । उनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको समेत ध्यानाकर्षण गराएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री खानले भारतमाथि नियन्त्रण रेखा पार गरेर निहत्था नागरिकलाई आक्रमण गरेको आरोप लगाएका छन् । उनले भारतको यो हर्कत नरोकिए कश्मिरमा नयाँ सकट उत्पन्न हुने चेतावनीसमेत दिएका छन् ।

इमरानले भनेका छन्- भारतले नियन्त्रण रेखा पार गरेर निर्दोष नागरिकमाथि हमला गर्दै प्रतिवन्धित क्लस्टर बमको प्रयोग गरेकामा म निन्दा गर्दछु । यो मानवीय कानुन र भारत आफैंले पारम्पारिक हतियार सम्बन्धमा गरेको प्रतिबद्धता उल्लंघन हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले यो घटनालाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि खतराका रुपमा लिनुपर्छ ।

कश्मिर विवादका कारण ७० वर्षदेखि तनावग्रस्त रहेको भारत-पाकिस्तान सम्बन्ध पछिल्ला घटनाक्रमले थप चिसिएको छ । राष्ट्रसंघीय वार्षिक महासभाको पूर्वसन्ध्यामा पाकिस्तानी प्रधानमन्त्रीले अब जम्मु कश्मिरलाई स्वतन्त्र बनाउने समय आएको टिप्पणी गरेका छन् ।

इमरानले भनेका छन्-भारतको कब्जामा रहेको कश्मिरमा बसिरहेका जनताको पीडाको लामो रात अब खत्तम गर्ने समय आएको छ । संयुक्त राष्ट्र सुरक्षा परिषदको सम्झौता अनुरुप आफ्नो भाग्य आफैं चुन्ने अधिकार उनीहरुलाई दिनुपर्छ ।

कश्मिरको शान्तिपूर्ण र न्यायपूर्ण समाधानबाट मात्रै दक्षिण एशियामा शान्ति र सुक्षाको मार्ग खुल्नेसमेत उनले बताएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मिर मुद्दामा मध्यस्थता गर्नका लागि दिएको प्रस्तावको प्रसंग जोड्दै अब त्यो समय आएको बताएका छन् ।

अमेरिकी मध्यस्थता भारतले ठाडै अस्वीकार गरिसकेको छ । तर इमरानले भने अब कश्मिर मामिलामा अन्तर्राष्ट्रिय हस्तक्षेप नभए क्षेत्रीय संकट पैदा हुने चेतावनी दिएका छन् ।

सिफारिस

‘प्रचण्ड’ शौचालयमा लडेर घाइते

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका...

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले पुष्टि गर्‍यो...

स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला यस क्षेत्रमै केही माफियातत्त्वहरू सक्रिय भएर टेन्डर प्रक्रियालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन्। यस्ता समूहरूले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं - पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन...

स्वास्थ्य क्षेत्रमा माफियाको हस्तक्षेप: टेन्डर लुट्न मिडियाको दुरुपयोग

काठमाडौं - नेपालको स्वास्थ्य प्रणाली सुधारको प्रयास भइरहेका बेला...

उर्जा राज्यमन्त्री गर्बुजाद्धारा पदबहाली

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन

काभ्रेपलाञ्चोक - यहाँको मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई...

कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी हुँदै

भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा...

२२ गतेदेखि नागढुंगा-नौबिसे सडकखण्ड रातिमा बन्द गरिने

त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले...

धेरै पढिएको