भारतको यो हर्कत नरोकिए कश्मिरमा नयाँ सकट उत्पन्न हुने पाकिस्तानी प्रधानमन्त्री खानको चेतावनी

काठमाडौं – कश्मिर मुद्दालाई लिएर भारतको जनमत बिभाजित भइरहेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मिरमा नयाँ संकट उत्पन्न हुने चेतावनी दिएका छन् । उनले जम्मु-कश्मिरलाई भारतको अत्याचारबाट मुक्त गर्ने उपयुक्त समय आएको टिप्पणीसमेत गरेका छन् ।

सीमा क्षेत्रमा तनाव भइरहेका बेला सरकार र सेनाको संयुक्त बैठक राखेका इमरानले त्यसलगत्तै लगातार तीनवटा ट्वीट गरेर कश्मिर मामिलामा अमेरिकी मध्यस्थता आवश्यक रहेकोसमेत बताएका छन् । उनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको समेत ध्यानाकर्षण गराएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री खानले भारतमाथि नियन्त्रण रेखा पार गरेर निहत्था नागरिकलाई आक्रमण गरेको आरोप लगाएका छन् । उनले भारतको यो हर्कत नरोकिए कश्मिरमा नयाँ सकट उत्पन्न हुने चेतावनीसमेत दिएका छन् ।

इमरानले भनेका छन्- भारतले नियन्त्रण रेखा पार गरेर निर्दोष नागरिकमाथि हमला गर्दै प्रतिवन्धित क्लस्टर बमको प्रयोग गरेकामा म निन्दा गर्दछु । यो मानवीय कानुन र भारत आफैंले पारम्पारिक हतियार सम्बन्धमा गरेको प्रतिबद्धता उल्लंघन हो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले यो घटनालाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि खतराका रुपमा लिनुपर्छ ।

कश्मिर विवादका कारण ७० वर्षदेखि तनावग्रस्त रहेको भारत-पाकिस्तान सम्बन्ध पछिल्ला घटनाक्रमले थप चिसिएको छ । राष्ट्रसंघीय वार्षिक महासभाको पूर्वसन्ध्यामा पाकिस्तानी प्रधानमन्त्रीले अब जम्मु कश्मिरलाई स्वतन्त्र बनाउने समय आएको टिप्पणी गरेका छन् ।

इमरानले भनेका छन्-भारतको कब्जामा रहेको कश्मिरमा बसिरहेका जनताको पीडाको लामो रात अब खत्तम गर्ने समय आएको छ । संयुक्त राष्ट्र सुरक्षा परिषदको सम्झौता अनुरुप आफ्नो भाग्य आफैं चुन्ने अधिकार उनीहरुलाई दिनुपर्छ ।

कश्मिरको शान्तिपूर्ण र न्यायपूर्ण समाधानबाट मात्रै दक्षिण एशियामा शान्ति र सुक्षाको मार्ग खुल्नेसमेत उनले बताएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मिर मुद्दामा मध्यस्थता गर्नका लागि दिएको प्रस्तावको प्रसंग जोड्दै अब त्यो समय आएको बताएका छन् ।

अमेरिकी मध्यस्थता भारतले ठाडै अस्वीकार गरिसकेको छ । तर इमरानले भने अब कश्मिर मामिलामा अन्तर्राष्ट्रिय हस्तक्षेप नभए क्षेत्रीय संकट पैदा हुने चेतावनी दिएका छन् ।

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको