महिलाहरु व्यवसायीक तरकारी खेतीमा जुटे, खेतीबाटै मनग्य आम्दानी

 

  • महेश सिंह महतो

सिरहा – लटरम्म फलेको घिरौला , भिन्डी , करैला जस्ता तरकारी लहलहाउँदो छ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ७ का किसानले मनै लोभ्याउने व्यावसायिक तरकारी खेती गरेका हुन् । सेभ द चिल्ड्रेनको सहयोग सवल नेपालको आयोजनामा समुउन्नती परियोजना अन्तर्गत राधाकृष्ण कृषक समुह स्रुङ्गा नगरपालिका वडा नं. ७ चकदहका लक्षित वर्ग समुदायका महिलाहरु व्यबसायीक तरकारी खेतिमा जुटेका छन ।

यस्तो दृश्य देखेर त्यहाँ पुग्ने जो कोही लोभिने गर्दछन् । समुहकी १८ जना सदस्यले डेढ बिग्हा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाट भएको आम्दानीले उनीहरूको पारिवारीक जीवनस्तरमा सुधार भएको समुहकी अध्यक्ष राजबत्ती देबी कामैत बताउँछिन् । ‘समुहका किसानहरु करिब डेढ बिग्हा खेती गर्दा मासिक रुपमा एक जना किसानले २० हजारसम्म आम्दानी गर्ने गरेको उनी बताउँछिन ।

दुई वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएकी समुहकी सचिब सचिन कुमारी चौधरी यो कामबाट आफू निकै सन्तुष्ट रहेको बताइन । लहान , कदमाहा, कुशहा , लगायतका नजिकको बजार रहेका करणले बजारीकरणको खासै समस्या नभएका कारणले अरू कामभन्दा पनि घरपरिवार तरकारी खेतीमै सक्रिय भएको चौधरी बताइन। समूह बनाएर अगाडि बढेपछि व्यावसायिक तरकारी खेतीमा सरकारी , गैरसरकारी सहयोग पनि पाउन थालेको समुहकी सदस्य जनकी चौधरीले जानकारी दिइन ।

संस्थाबाट समय समयमा बीउबिजन, उपकरण, सिँचाइसुविधा लगायत प्राविधिक सहयोग भएको छ’, उनले भनिन। तरकारी खेतीबाट भएको आम्दानीले पारिवारिक खर्च धान्न सहज भएको उनीहरुको कथन छ । यसैबिच कार्यक्रमको स्थलगत अनुगमन गर्ने क्रममा सुरुङ्गा नगरपालिकाका नगरप्रमुख मुत्तिनाथ चौधरीले भने समुहलाई आगाडी बढाउन नगरपालिका सदैब सहयोग गर्ने प्रतिबद्धता जनाए । सामुहिक रुपले गरेको तरकारी खेतीबाट लक्षित बर्ग परिबारको जीवनस्तरमा सुधार भएकोले आफु धेरै खुसी भएको प्रमुख चौधरीले बताए।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको