कन्दमुल किन खाने ? यस्ता छन् फाइदा र बेफाइदा

काठमाडौं – कन्दमुल अर्थात जमिन मुनी फल्ने फल भनेर चिनिन्छ । आलु, तरुल, सखरखण्डा, पिँडालु, स्कुसको जरा, आदि कन्दमुलका रुपमा खाइन्छ । स्वाद या पेट भर्नकालागी खाने भएतापनि यसका स्वास्थ्यमा लाभ पनि रहेको छ । यी फल जमिन मुनी फल्ने हुनाले भिटामिन सी, कार्वोहाइड्रेड, भिटामिन ए, आइरन, म्याग्नेसियम, फसफोरस, पोटासियम जस्ता मानव शरिरका लागि आवश्यक तत्व पाइन्छ । जमिनमुनि तयार हुने भएकाले यसबाट ग्लुकोजको मात्रा पनि प्रशस्तै पाइन्छ तर प्रोटिन भने कम पाइन्छ । कोरिया र जापानमा यसलाई वषैँ देखि आयुर्वेदिक औषधीको रुपमा सेवन गर्दै आएको पाइन्छ । यस्तै हिन्दु परम्परा अनुसार पनि ठूली एकादशी र माघे संक्रान्तिको दिन खाने प्रचलन रहिआएको छ । यसलाई खाने बाहाना अनेकौँ भएपनि यसका स्वास्थ्यमा फाइदा भने यस प्रकार रहेका छन् ।

नेपाली समाजमा प्राय दुई समय खमना खाने गरिन्छ । खानाले मात्र शरीरलाई चाहिने सबै तत्व नपुग्ने हनाले कन्दमुल यसको विकल्पको रुपमा खान सकिन्छ । तरुल लगाएत कन्दमुलमा मानव स्वास्थ्यमा आवश्यक पर्ने पौष्टिक तत्वहरु पाइने हुनाले दैनिक यसलाई खाँदा एकदमै फाइदा पुग्ने पोषण विद्हरुको भनाइ छ । तरुलमा कार्वोहाइड्रेड बढि पाइने हुनाले शक्तिको श्रोतको रुपमा पनि लिइन्छ । यसका साथसाथै आँखा, छाला र श्वासप्रश्वास सम्बन्धि समस्याका लागि धेरै फाइदा पुग्छ । तरुल खानाले मष्तिष्कको विकासमा मद्दत पुग्ने एक अध्ययनले देखाएको छ ।

कन्दमुलमा फाइबर उच्च मात्रामा पाइने भएकोले पाचनप्रक्रिया सम्बन्धि समस्या भएकाका लागि पनि यो उपयुक्त हुन्छ । साथै मुटु सम्बन्धि रोगबाट बच्नकालागी पनि यो निकै फाइदाजनक हुन्छ । तरुल तथा पिडालु रेशेदार हुने भएकोले यसले शरीरमा कब्जियत हुन दिँदैन । यसको नियमित सेवनले ठूलो आन्द्रामा जमेको फोहर वा दिशालाई मलद्वारबाट सजिलै बाहिर निकाल्न मद्दत गर्छ । किड्नी तथा पाचनशक्तिमा गडबडी, बच्चाहरुको वृद्धि विकास नहुने जस्ता समस्याहरु देखिए नियमित कन्दमुल खाएको खण्डमा यस्ता समस्यालाई धेरै हदसम्म रोक्न सकिन्छ । कन्दमुल धेरै जसो गर्भवती महिला, बालबालिका र ६० वर्ष नाघेको व्यक्तिलाई पोषणयुक्त खानकी हो ।

कन्दमुल फाइदाजनक खानेकुरा भएपनि मृगौला रोगीहरुले यसको सेवन नगर्नु नै उपयुक्त हुन्छ । यसमा कार्बेहाइड्रेड उच्च मात्रामा पाइने हुनाले तौल बढि भएको र डाइवेटिजका बिरामीले कन्दमुल नखान स्वास्थ्यविदहरुले सल्लाह दिने गरेका छन् । कहिले काहि खानाको विकल्पमा यसको सेवनले भने नकारात्मक असर कम गर्ने हुनाले कन्दमुल स्वास्थ्यवद्र्धक खानकी हो ।

सिफारिस

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघले आज एक विज्ञप्ति जारी सिरिजको खेलतालिकासमेत सार्वजनिक...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले जापानका फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी आज काठमाडौंको...

भर्खरै

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

धेरै पढिएको