सरकारसँगको वार्ताबारे विप्लव नेकपाको आयो यस्तो विज्ञप्ति

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले वार्ताको हल्ला फैलाएको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

सरकाले भनेको वार्ता हल्ला मात्र भएको र यो नियोजित षड्यन्त्र भएको विप्लव नेकपाले विज्ञप्तिमार्फत आरोप लगाएको छ । विप्लव नेकपाले यसबाट प्रभावित नहुन र त्यसको गोटी नबन्न सञ्चार माध्यमहरूसँग अनुरोधसमेत गरेको छ ।

नेकपाका प्रवक्ता समेत रहेका नेता प्रकाण्डले विज्ञप्ति जारी गर्दै सरकारले वार्ताको हल्ला मच्चाएको तर त्यसको गम्भीरतालाई महसूस नगरेको तर्क समेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारको वार्ताको हौवा आफ्नो असफलता, पार्टीभित्र र सरकारमा उत्पन्न सङ्कटको अभिव्यक्ति हो । त्यो जनक्रान्तिमाथि भीषण दमन र षड्यन्त्रको तयारीको सङ्केत पनि हो । वार्ताको विषयलाई गम्भीरतापूर्वक नलिनु, औपचारिक पहल पनि नगर्नु र हाम्रो पार्टीलाई वार्ता विरोधी भनेर प्रचार गर्नुले त्यसलाई पुष्टि गर्दछ ।’

गत साउन १५ गते देशभर एनसेलमाथि आफ्नो पार्टीले कारबाही गरेको जानकारी दिँदै एनसेलले देशको न्यूनतम् कर्तव्य पूरा नगर्ने, कर छली गर्ने, सेवाग्राहीलाई चर्को शोषण गरिरहेकाले कारबाही गर्नुपरेको विज्ञप्तिमार्फत जनाइएको छ ।

पछिल्लो समयमा पार्टीले गरेको कारबाही र वार्ताको विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै विप्लव नेकपाले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गरेको हो ।

यस्तो छ विज्ञप्तिको पूर्ण पाठ

सिफारिस

एसईई प्रिन्सेस बाह्रौं संस्करणको ताज प्राप्तिलाई, १३ जनालाई विशेष शैक्षिक सेवा सम्मान

काठमाडौं - सिजन मिडियाद्धारा आयोजित नामी कलेज एसईई प्रिन्सेस २०२४ सम्पन्न भएको छ । एसईई प्रिन्सेसको बाह्रौं संस्करणकी विजेताको ताज प्राप्ति श्रेष्ठले पहिरन सफल...

मौसम: कोसीमा वर्षा हुँदै, दिउँसो ३ प्रदेशमा पानी पर्ने

हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको...

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै उच्च, आज पानी पर्ला ?

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै उच्च देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) बिहानको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१.८ डिग्री...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मौसम: कोसीमा वर्षा हुँदै, दिउँसो ३ प्रदेशमा पानी पर्ने

हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ...

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै उच्च, आज पानी पर्ला ?

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै उच्च देखिएको...

पाटाको उपाध्यक्षमा सुमन पाण्डे निर्वाचित

 प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष पदमा...

अबदेखि ड्राइभिङ लाइसेन्स पनि राष्ट्रिय परिचयपत्रमै

सरकारले आगामी आर्थिक वर्षदेखि नयाँ लाइसेन्स लिने र नवीकरण...

धेरै पढिएको