के होला आगामी ३ दिनको मौसम ?

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसतभन्दा केही उत्तरतर्फ रहेको जनाएको छ । न्यून चापीय रेखा औसतभन्दा उत्तरतर्फ रहेको असर पनि देखिन थालेको महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्य वदली भइरहेको र देशको पुर्वी भुभागका केही स्थानमा मेघ गर्जन गराउने बादल सक्रिय रहेको महाशाखाले जनाएको छ । पूर्वी तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहितको वर्षा भइरहेको छ । त्यस्तै पूर्वी र पश्चिमी पहाडी भू–भागका केही स्थानहरूमा पनि वर्षा भईरहेको महाशाखाले जानकारी दिएको छ ।

बुधबार (आज) दिउँसो देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । मध्य र पूर्वी नेपालका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार राति पूर्वी र मध्य भागहरूका केही स्थानमा र पश्चिमि भागको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना छ ।

बिहीबार दिउँसो केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने तथा राति केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

त्यस्तै शुक्रबार दिउँसो मुलुकका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने तथा पूर्वी पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार राति देशभर सामान्यतया वदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने तथा पश्चिमी पहाडी भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

त्यस्तै महाशाखाले केही स्थानमा मेघ गर्जन सहितको वर्षा हुने र चट्याङ्ग पर्ने सम्भावना रहेकोले आगामी २४ घण्टाका लागि सतर्क रहन आग्रह गरेको छ । त्यस्तै मध्य र पूर्वी पुर्वी नेपालका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले सडक यातायातमा पहिरो र भू–क्षयका कारण अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सिफारिस

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । उत्पादनमूलक कामबाट रोजगारी सिर्जना तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएकोमा श्रेष्ठलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य (सूचिसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आज...

धेरै पढिएको