आखिर किन रोक्यो सूचना विभागले दिया चन्दको प्रेस पास ?

काठमाडौं – सूचना तथा प्रशारण विभागले पत्रकार दिया चन्दको प्रेस पास रोकिदिएको छ । आम सन्चारगृहका पत्रकारले बिभागबाट पाउदै आएको पत्रकार परिचयपत्र लिन सोमबार र मंगलबार बिभाग धाएकी पत्रकार चन्दलाई खालि हात फर्काइएको छ ।

पत्रकार परिचयपत्रका लागि आवश्यक सबै कागजात पुर्याएर बिभाग पुगेकी चन्दले सबै प्रकृया पुरा गरेर रसिदसमेत काटिसकेको अवस्थामा महानिर्देशक कृष्ण मुरारी न्यौपानेको निर्देशनमा सूचना अधिकारी सुमन बज्राचार्यले आफ्नो प्रेस पास रोकिएको जानकारी दिएपछि उनले नेपाल पत्रकार महासंघ गुहारेकी छिन । इमान्दार मिडिया प्रालिद्वारा संचालित संचारकेन्द्र डटकमकी कार्यकारी सम्पादक समेत रहेकी चन्द आफ्नो मिडिया हाउसका ७ जना प्रेस प्रतिनिधिसहित बिभाग पुगेकी थिइन ।

बिभागले आफुबाहेक अन्य सहकर्मीहरुको भने पत्रकार परिचय पत्र उपलब्ध गराएको उनले बताइन । ‘हामी संचारकेन्द्रको टीम एकमुष्टमा नै पत्रकार परिचय पत्र लिने भनेर सोमबार नै बिभाग गएका थियै तर समय अभावका कारण आधा काम मात्रै भयो र पुनः मंगलबार पनि बिभाग जानुपर्यो ।’ उनले भनिन । सोमबार बिहान ११ बजे पुनः बिभाग पुगेकका संचारकेन्द्रका अन्य पर्तिनिधीले पत्रकार परिचय पत्र पाए पनि चन्द भने पाइनन् ।

‘प्रेस पासका लागि आवश्यक सबै डकुमेन्ट् लिएर गएको थिए । सबै प्रकृया पुरा गरेर मैले ३ सयको रसिद पनि लिए तर अन्तिममा सूचना अधिकारी सुमन बज्राचार्यको कार्यकक्षमा फाइल त्यसै अड्काइएपछि के भएछ भनेर बुझ्न जादा तपाईलाई प्रेस पास नदिने भन्ने छ, त्यसैले तोक पनि लागेन अरुको काम भैसक्यो भनेर उहाँले भन्नुभयो ।’ उनले भनिन ।

बिभागले परिचयपत्र दिन नमानेपछि चन्द नजिकै रहेको नेपाल पत्रकार महासंघ पुगेकी थिइन । महासंघका अध्यक्ष गोबिन्द आचार्यले महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशीलाई सहजीकरणका लागि बिभाग पठाएपछि चन्द, इमान्दार मिडिया प्रालिका अध्यक्ष पत्रकार कमल बुढा, क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका महासचिव बाबुराम भुषाल र संचारकेन्द्रकै सम्पादक दिपक बहादुर बुढा पुनः बिभाग पुगेका थिए ।

तर उनीहरु बिभाग पुग्दा महानिर्देशक न्यौपाने भने कार्यकक्षमा नभेटिएपछि महासंघका केन्द्रीय सदस्य जैशी नेतृत्वको टोलीले विभागका निर्देशक तथा प्रवक्ता ध्रुब कुमार पोखरेललाई भेटेको थियो । प्रवक्ता पोखरेलले पत्रकार चन्दमाथि अनुसन्धान भइरहेका कारण प्रेसपास रोकिएको जानकारी दिए पनि के कति कारणले अनुसन्धान भइरहेको हो भन्ने खुलाउन चाहेनन् ।

आफ्नो प्रेस पास रोकिएपछि चन्दले सूचनाको हकबमोजिम बिभागसंग सत्यतथ्य सूचना र कारण समेत माग गर्दै निवेदन दिएकी छिन । ‘मेरो पत्रकारिता जीवनमाथि नै धक्का लाग्नसक्ने गरी सूचना बिभागले मेरो प्रेस पास नै रोकेपछि त्यो केकति कारणले रोकियो भनेर जान्ने मेरो अधिकार त हुनुपर्यो नि रु’ उनले अगाडि भनिन, – ‘त्यसकारण आजै मैले सूचनाको हक सम्बन्धि ऐन २०६४ तथा नियमावली २०६५ बमोजिम के-कति कारणले मेरो प्रेस पास रोकियो भनेर निवेदन पनि दिएकी छु ।’ उनले भनिन् ।

पत्रकार चन्दले राजनीतिक आग्रहपूर्वाग्रहको आधारमा आफूमाथि बिभागले अन्याय गरेको दावी गरेकी छिन । संचारकेन्द्रले नेकपा सर्लाही इन्चार्ज कुमार पौडेल हत्याको तस्वीर सार्वजनिक गरेपछि केहि अपराधिक महासिकता भएका व्यक्तिहरुले नियोजितरुपमा आफूहरुलाई दुख दिन अनेक षडयन्त्र गरिरहेको उनले बताइन । आफ्नो प्रेस पास रोकिनुको कारण उक्त तस्वीर पनि भएको उनले बताइन ।

विभागका महानिर्देशक कृष्ण मुरारी न्यौपानेको ठाडो निर्देशनमा सबै डकुमेन्ट् पुर्याउदा पनि कुमार पौडेल हत्याकाण्डको तस्वीर सार्वजनिक गरेर राज्यलाई असहयोग गरेको, विप्लव नेतृत्वको नेकपालाई सहयोग पुग्ने गरी समाचारहरु लेखेको भन्दै बिभागले प्रेस पास रोकिदिएको उनको दावी छ । क्रान्तिकारी पत्रकार सङ्गठन नेपालकी केन्द्रीय सदस्य समेत रहेकी चन्दले यसअघि आफु कार्यरत संचारकेन्द्र डटकम नवीकरणका क्रममा समेत बिभागले अनेकन ब्यबधानहरु खडा गर्ने प्रयत्न गरेको तर त्यो सफल हुन नसकेपछि आफुलाई व्यक्तिगतरुपमा दुख दिन प्रेस पास रोकिएको बताइन ।

सञ्चारकेन्द्रलाई बिसेष निगरानीमा राख्नेदेखि अनलाइन रिनु गर्न अबरोध गर्ने र नसके सम्पादकीय समुहमा रहेका व्यक्तिहरुको प्रेसपास खोसेर पत्रकारिता गर्न नदिने, पेशाबाट बिमुख गराउने, उनीहरुले समाचार, लेख लेखेपछि अपराधीहरुलाई लगाइने कानुन लगाएर दण्डित गर्ने गरी सञ्चारमंत्री गोकुल बास्कोटाले नै निर्देशन दिएका कारण सुचना तथा प्रसारण विभागका निर्देशकले पत्रकार चन्दलाई प्रेसपास नदिन निर्देशन दिएको बुझिएको छ । केही समय अगाडी मन्त्री बास्कोटा आफैले एक पत्रकार सम्मेलनमा विप्लव नेतृत्वको नेकपालाई सहयोग पुग्ने गरी समाचार सम्प्रेषण गर्ने ६ वटा मिडियालाई उच्च निगरानीमा रखिएको बताएका थिए ।

सञ्चारकेन्द्रलाई सरकारी श्रोतले दिएको जानकारी अनुसार ति ६ वटा मिडियामध्ये सञ्चारकेन्द्र डटकम पनि एक हो । यसैबीच नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जैशिले संचारकेन्द्रकी कार्यकारी सम्पादक चन्दलाई विभागले गरेको व्यवहारले महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष समेत रहेका जैसीले यो विषय बुधबार हुने महासंघको छलफलमा गम्भीर रुपमा उठाउने संचार केन्द्रलाई बताए ।

यस्तै यता इमान्दार मिडिया प्रालिका अध्यक्ष कमल बुढाले आफ्नो मिडिया हाउसद्वारा संचालित सञ्चारकेन्द्र डटकमकी कार्यकारी सम्पादक चन्दलाई सुचना विभागले दुई दिनभित्र प्रेस पास उपलब्ध नगराए विभागका महानिर्देशकका विरुद्ध अदालत जाने जानकारी दिएका छन् । साथै अध्यक्ष बुढाले जनयुद्दकालमा समेत नरोकिएको पत्रकार परिचय पत्र रोकेर सुचना विभागले पत्रकारहरुमाथि हदैसम्मको तल्लोस्तरको ब्यबहार गरेका कारण सम्पूर्ण सञ्चारकर्मी र पत्रकार संघसंगठनको ध्यानाकार्षण गराएका छन् ।

बुढाले नागरिकलाई सत्यतथ्य सुचना प्रबाह गर्ने योद्धाकारुपमा स्थापित हुदै गइरहेकी पत्रकार चन्दमाथि माथिको निर्देशन भन्दै सूचना विभागका महानिर्देशकले प्रेसपास समेत रोक्न दिएको निर्देशनका बिषयमा आवाज उठाउन सम्पूर्ण मनाबधिकारकर्मी नागरिक समाज र आम नागरिकसमक्ष अनुरोध गरेका छन् ।

सिफारिस

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं रोपवे आज इतिहासका पानामा मात्र सीमित बनेको छ। एक समय राजधानीको आपूर्ति प्रणालीको मेरुदण्डका रूपमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

धेरै पढिएको