पाकिस्तानी प्रधानमन्त्रीको संसदमा प्रश्न – म भारतमाथि आक्रमण गरुँ ?

भारत प्रशासित काश्मीरमा भएको पछिल्लो घटनाक्रमको कानुनी, राजनीतिक र कूटनीतिक जवाफ दिनका लागि पाकिस्तानी प्रधानमन्त्री इमारान खानले सात सदस्यीय एक समिति गठन गरेका छन्।

पकिस्तानका प्रधानमन्त्री कार्यालयको तर्फबाट जारी एक आदेशमा यस्तो समिति गठन भएको उल्लेख छ। उक्त समितिमा विदेशमन्त्री, महान्यायाधिवक्ता, विदेश सचिव, आइएसआई, मिलिट्री अपरेसन र आइएसपीआरको प्रमुख बिलाल सुफी सहभागी छन्।

यसभन्दा पहिले जम्मु–काश्मीरको विशेष राज्यको खारेज गर्नेबित्तिकै पाकिस्तानले संसदको संयुक्त सत्र डाकेको थियो। उक्त वैठकमा प्रधानमन्त्री इमरान खानले आफ्ना कुरा राखेका थिए।

इमरानले आफ्नो भाषणमा भारतमा सत्ताधारी दल भारतीय जनता पार्टी नश्लवादी श्रेष्ठताको विचार लिएर अगाडि बढिरहेको बताए। प्रधानमन्त्री खानले मोदीको भाजपा जर्मन नाजी पार्टीको रुपमा देखा परेको आरोप समेत लगाए। ‘भाजपा त्यही गरिरहेको छ, जुन जर्मनमा नाजी पार्टीले गरेको थियो,’ खानले आरोप लगाए।

पकिस्तान सरकारले बिजेपीको नश्लीयता स्वीकार नगर्ने पनि उनले बताए। विपक्षीहरुको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री खानले पाकिस्तानले सम्भव हुने सबै फोरमहरुमा यो मुद्दा उठाउने प्रतिबद्धता जनाए।

‘पाकिस्तान हर दिशामा कदम उठाइरहेको छ,’ उनले भने, ‘तपाईंहरु के चाहनुहुन्छ- म भारतमाथि आक्रमण गरुँ?’

सिफारिस

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा सहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपाल आउन लागेका...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव बन्यो। प्रकृतिको काखमा बसेको यो सहर न त केवल आँखाको आनन्दका लागि उपयुक्त छ, न...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

धेरै पढिएको