पाकिस्तानी प्रधानमन्त्रीको संसदमा प्रश्न – म भारतमाथि आक्रमण गरुँ ?

भारत प्रशासित काश्मीरमा भएको पछिल्लो घटनाक्रमको कानुनी, राजनीतिक र कूटनीतिक जवाफ दिनका लागि पाकिस्तानी प्रधानमन्त्री इमारान खानले सात सदस्यीय एक समिति गठन गरेका छन्।

पकिस्तानका प्रधानमन्त्री कार्यालयको तर्फबाट जारी एक आदेशमा यस्तो समिति गठन भएको उल्लेख छ। उक्त समितिमा विदेशमन्त्री, महान्यायाधिवक्ता, विदेश सचिव, आइएसआई, मिलिट्री अपरेसन र आइएसपीआरको प्रमुख बिलाल सुफी सहभागी छन्।

यसभन्दा पहिले जम्मु–काश्मीरको विशेष राज्यको खारेज गर्नेबित्तिकै पाकिस्तानले संसदको संयुक्त सत्र डाकेको थियो। उक्त वैठकमा प्रधानमन्त्री इमरान खानले आफ्ना कुरा राखेका थिए।

इमरानले आफ्नो भाषणमा भारतमा सत्ताधारी दल भारतीय जनता पार्टी नश्लवादी श्रेष्ठताको विचार लिएर अगाडि बढिरहेको बताए। प्रधानमन्त्री खानले मोदीको भाजपा जर्मन नाजी पार्टीको रुपमा देखा परेको आरोप समेत लगाए। ‘भाजपा त्यही गरिरहेको छ, जुन जर्मनमा नाजी पार्टीले गरेको थियो,’ खानले आरोप लगाए।

पकिस्तान सरकारले बिजेपीको नश्लीयता स्वीकार नगर्ने पनि उनले बताए। विपक्षीहरुको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री खानले पाकिस्तानले सम्भव हुने सबै फोरमहरुमा यो मुद्दा उठाउने प्रतिबद्धता जनाए।

‘पाकिस्तान हर दिशामा कदम उठाइरहेको छ,’ उनले भने, ‘तपाईंहरु के चाहनुहुन्छ- म भारतमाथि आक्रमण गरुँ?’

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको