काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विकास निर्माणको काममा जुट्न महानगरपालिकाबासीलाई आह्वान गरेका छन् ।

मेयर शाक्यले संघीयताविरोधि गतिविधि हुन नदिन पनि महानगरबासीलाई सचेत गराए  । मातृभूमि महिला समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चुनावका बेला गरिएको सबै प्रतिवद्धता पूरा हुने गरी आफूले काम गरिरहेको दावी गरे  ।

उनले महानगरबासीलाई मारमा पर्न नदिन चालू आर्थिक वर्षमा पनि करको दर नबढाइएको स्पष्ट पारे ।

मेयर शाक्यले काठमाडौं महानगरपालिकाले सम्पदा पुनर्निर्माण, हरियाली प्रवद्र्धन र पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाएको बताए ।

‘सम्पदाको पुनर्निर्माण, हरियाली प्रवद्र्धन र पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकता दिइएको छ,’ मेयर शाक्यको स्पष्टिकरण थियो, ‘महानगरबासीलाई दुःख नहोस् भनेर कुनै पनि क्षेत्रमा करको दर बढाएका छैनौं ।’

मेयर शाक्यले काठमाडौं महानगरपालिकालाई स्वच्छ, सुन्दर र हरियालीयुक्त बनाउन महानगरपालिकाका सबै जनप्रतिनिधिहरु लागि परेको दावी गरे ।

उनले आफूले निर्वाचित गरेका जनप्रतिनिधिहरुलाई सचेत गराउने काममा लाग्न महानगरबासीलाई आग्रह गरे  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here