मोदीको सम्बोधन : कश्मीर माथिको कदम ऐतिहासिक फैसला भने कश्मीर जनतालाई हृदयपूर्वक बधाई दिन चाहन्छु ।’

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीरबारे भारत सरकारले लिएको कदमलाई ऐतिहासिक फैसलाको संज्ञा दिएका छन् । जम्मू कश्मीरलाई दिइएको विशेष राज्यको मान्यता खारेज गरेपछि बिहीबार बेलुकी देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत सरकारको कदम ऐतिहासिक भएको जनाएका हुन् ।

यसअघि जम्मू कश्मीरका नागरिकहरु अनेक अधिकारबाट बञ्चित रहेको र राज्यको विकासमा बाधा भएको भन्दै उनले सबै भारतीयको प्रयासले त्यो दूर भएको जनाए ।

सारा भारतलाई एकताबघद्ध बनाउने सरदार बल्लभाई पटेल, बाबासाहब अम्बेडकर, डा. श्यामाप्रसाद मुखर्जी, अटलीविहारी बाजपेयी र करोडौं देशवासीको सपना पूरा भएको प्रधानमन्त्री मोदीको भनाइ छ । उनले जम्मू कश्मीर र लद्दाखमा नयाँ युग शुरु भएको समेत जनाए ।

सोमबार भारतले जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने संविधानको धारा ३७० र ३५ ए खारेज गरेपछि प्रधानमन्त्री मोदीले देसवासीको नाममा सम्बोधन गरेका हुन् । भारतले जम्मू कश्मीरलाई जम्मू कश्मीर र लद्दाख गरी दुई केन्द्र शासित प्रदेशमा पुनर्गठन गर्ने समेत निर्णय गरेको छ ।
देसवासीको नाममा सम्बोधन गर्दै मोदीले अब सारा देशका नागरिकको हक र दायित्व समान भएको समेत उल्लेख गरे ।

उनले भने ‘यसका लागि लद्दाख र जम्मू कश्मीरका जनता र पूरा देशवाशीलाई हृदयपूर्वक धेरै धेरै धेरै बधाई दिन चाहन्छु ।’

केही कुराहरु समयका साथै मनमा केही परिवतन नै हुन्न, यसरी नै चलिरहन्छ भन्ने स्थायी भाव आउने उल्लेख गर्दै प्रधानमन्त्री मोदीले धारा ३७० को साथ पनि यस्तै भएको बताए ।

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

धेरै पढिएको