मोदीको सम्बोधन : कश्मीर माथिको कदम ऐतिहासिक फैसला भने कश्मीर जनतालाई हृदयपूर्वक बधाई दिन चाहन्छु ।’

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मीरबारे भारत सरकारले लिएको कदमलाई ऐतिहासिक फैसलाको संज्ञा दिएका छन् । जम्मू कश्मीरलाई दिइएको विशेष राज्यको मान्यता खारेज गरेपछि बिहीबार बेलुकी देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत सरकारको कदम ऐतिहासिक भएको जनाएका हुन् ।

यसअघि जम्मू कश्मीरका नागरिकहरु अनेक अधिकारबाट बञ्चित रहेको र राज्यको विकासमा बाधा भएको भन्दै उनले सबै भारतीयको प्रयासले त्यो दूर भएको जनाए ।

सारा भारतलाई एकताबघद्ध बनाउने सरदार बल्लभाई पटेल, बाबासाहब अम्बेडकर, डा. श्यामाप्रसाद मुखर्जी, अटलीविहारी बाजपेयी र करोडौं देशवासीको सपना पूरा भएको प्रधानमन्त्री मोदीको भनाइ छ । उनले जम्मू कश्मीर र लद्दाखमा नयाँ युग शुरु भएको समेत जनाए ।

सोमबार भारतले जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने संविधानको धारा ३७० र ३५ ए खारेज गरेपछि प्रधानमन्त्री मोदीले देसवासीको नाममा सम्बोधन गरेका हुन् । भारतले जम्मू कश्मीरलाई जम्मू कश्मीर र लद्दाख गरी दुई केन्द्र शासित प्रदेशमा पुनर्गठन गर्ने समेत निर्णय गरेको छ ।
देसवासीको नाममा सम्बोधन गर्दै मोदीले अब सारा देशका नागरिकको हक र दायित्व समान भएको समेत उल्लेख गरे ।

उनले भने ‘यसका लागि लद्दाख र जम्मू कश्मीरका जनता र पूरा देशवाशीलाई हृदयपूर्वक धेरै धेरै धेरै बधाई दिन चाहन्छु ।’

केही कुराहरु समयका साथै मनमा केही परिवतन नै हुन्न, यसरी नै चलिरहन्छ भन्ने स्थायी भाव आउने उल्लेख गर्दै प्रधानमन्त्री मोदीले धारा ३७० को साथ पनि यस्तै भएको बताए ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको