यस्तो देखियो दाहाल-नेपाल समूहको नेपाल बन्द (फोटोफिचर)

काठमाडौं –  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज नेपाल बन्द गरेको छ । उक्त बन्द सफल पार्नको लागि नेकपाका शीर्ष नेताहरु नै सडकमा उत्रिएका छन् । आज विहानको बन्द सफल पार्न उक्त समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सडकमा निस्किएका छन् ।  बिहान उनी ललितपुरको सातदोबाटो हुँदै कोटेश्वरमा प्रदर्शनकारी गरेको नाराबाजीमा सहभागी भए।

कोटेश्वर चोकमा प्रचण्ड सहभागी नाराबाजीमा प्रदर्शनकारीले ‘काम चलाउ म्यादी सरकार मुर्दावाद’, ‘असंवैधानिक नियुक्ति खारेज गर’, ‘राष्ट्रघाती होसियार’, ‘गणतन्त्र जिन्दावाद’ ‘केपी तेरो पाराले दु:ख पाए सारा’ले जस्ता नारा लगाएका थिए।

बिहीबार आमहड्तालका क्रममा सडकमा आएका प्रचण्डले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘निरंकुशताविरुद्ध अझै ठूल्ठूला आन्दोलनमा जान्छौँ । सम्भवतः फागुनको पहिलो सातादखि संयुक्त जनआन्दोलन हुन्छ । केपी ओलीको आयु सकिन्छ । निरंकुशताका पक्षपातीलाई बढार्छ ।’

उनले अहिले भएको संघर्ष जनता र लोकतन्त्रको लागि भएको भन्दै प्रतिगमनविरुद्धको आन्दोलनमा जनताले साथ दिन्छन् भन्नेमा आफूहरुको विश्वास रहेको बताए ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको