ओलीले संवैधानिक निकायमा गरेको नियुक्तविरुद्ध रिट लिएर सर्वोच्च पुगे सभामुख

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा गरिएको पदाधिकारीहरुको नियुक्तिविरुद्ध रिट निवेदन दायर गर्न सभामुख अग्निप्रसाद सापकोटा सर्वोच्च अदालत पुगेका छन्।

शुक्रबार सभामुख सापकोटा आफैँ अदालतमा उपस्थित भएर गैरसंवैधानिक रुपमा गरिएको नियुक्ति खारेज गर्न माग गर्दै उनले रिट निवेदन दायर गर्न लागेको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए।

‘सभामुखज्यू अहिले सर्वोच्च आइपुग्नुभएको छ, उहाँले संवैधानिक निकायहरुमा गरिएका नियुक्तिको विषयमा रिट निवेदन दिनुहुनेछ,’ न्यौपानेले बताए।

सभामुखसहित शशी श्रेष्ठ, रेखा शर्मा, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्कालगायतका विघटित प्रतिनिधि सभाका सदस्य पनि सभामुखसँगै सर्वोच्च पुगेका छन्।

सभामुख सापकोटाले केही समयपछि पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराउने बताइएको छ।

सभामुख सापकोटाले संसद् नभएको अवस्थामा सुनुवाइ समिति नभएको भन्दै संवैधानिक परिषदका नियुक्तिसम्बन्धी सिफारिस फिर्ता पठाएका थिए।

 

सिफारिस

भक्तपुरमा मंसिर १२ गते ‘म्युजिक यात्रा–ख्वप’ हुँदै, नाफाको ५० प्रतिशत समाजसेवामा

भक्तपुर - भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी सांगीतिक महोत्सव ‘म्युजिक यात्रा–ख्वप’ आयोजना हुने भएको छ । लुजिक्स इन्टरटेनमेन्ट, दृष्टिकोण र रोयल इभेन्ट्सको आयोजनामा आगामी...

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । द स्टोरी किचेन र...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी गुरुङले सेप्टेम्बर २७, २०२६...

भर्खरै

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि...

धापाखेलमा ढलेको साढे दुई तले पक्की घर (तस्वीरहरू)

ललितपुर - अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

​काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य...

प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु, दौडमा निर्मला र अर्जुन बने प्रथम

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले...

धेरै पढिएको