काठमाडौं – मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केही दक्षिण तिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारतको पुर्वी छत्तिसगढमा अवस्थित पश्चिम उतरपश्चिम तिर कमजोर भएर सर्दै जाने देखिन्छ। मनसुनको न्यून चापिय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

हाल देशका अधिकांश स्थानहरुमा आंशिक देखि सामान्य बदली रही देशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । देशका केही स्थानमा मेघ गर्जन गराउने बादल पनि सक्रिय छ।

आजको मौसम

आज दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । पश्चिमी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ।

यसैबीच, आज राति देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही पश्चिमका केही स्थानमा पूर्व र मध्यका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । देशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here