अझै कहिलेसम्म पिडित हुने ?

  • श्रीना नेपाल

काठमाडौँ – २३ वर्षकी थि रे, ३० वर्षकी थि रे! होइन ७४ वर्षकी हुनुहुन्थ्यो रे! का हुनु १४ वर्षकी मात्र थिइन रे! होइन नि १२, ए ए होइन ७ वर्ष, होइन होइन ६ वर्ष कि ५ वर्षकी हो र !

धर्मगुरुलाई देखाउन गाकी थि रे, त्यसरी एक्लै जाने हो त ! खुब काम गर्न गकि थि नि राती राती जन्ने भएर, त्यै खोजेकी ! हो यहि भएर म मेरो छोरीलाई एक्लै कतै जान दिन्न ! आमा चैँ के भाको त्यसरी छोरी अरुलाई छोड्ने हो ! त्यसरी शिक्षकसंग एक्लै कोठामा जाने हो !

प्यान्ट लगाकी थि रे ! कुर्था सुरुवाल लगाकी थि रे हौ ! साडीचोलो पो लगाको थ्यो रे त ! स्कुल ड्रेस थ्यो रे जेउमा ! आमाले माया गरेर ल्याइदेको फ्रक लगाकी थि रे ! हजुरआमाले नातिनीलाई माया गरेर सिलाइदेको दौरा सुरुवाल लगाको थ्यो रे !
ए हजुर, भरी राज सभामा पाण्डवहरुले जुवा खेली आफ्नो पत्नी द्रौपतीलाई समेत दाउ लगाइ उस्को चिरहरण भै रहदा न त त्यो सभामा उपस्थित आचार्य, न त नीति बनाउने व्यक्ति, न त स्वयम उस्को पतिहरुले उसलाई बचाउन प्रयास गरेनन्, उल्टै महाभारत हुनुको कारण नै द्रौपती देखाउने समाजमा बस्छौं हामी ।

बलात्कार हुनेको फोटोदेखि लिएर उस्को आमाबुबाको समेत परिचय मिडियामा खुल्छ तर बलात्कारी स्वयमको अनुहार पनि बाहिरिदैन । यहाँ बलात्कारी भन्दा बलात्कृतको इज्जतमा दाग लाग्छ । मैले कतै देखेको थिए “स्त्रीको शरीर पुरुषहरुको उत्सुकताको विषय हुन्छ तर पुरुषको शरीर स्त्रीहरुको लागि उत्सुकताको विषय हुदैन ! प्राकृतिक भेद“ यो सब किन हुन्छ भने महिलाहरुलाई सानैदेखि आफ्नो मर्यादा सिकाइएको हुन्छ, त्यो सोचाइ मानसिक भेदका कारण मात्र उत्पन्न हुन्छ । नभए मलाई जवाफ दिनुहोस् त्यो ५, ६, ७ वर्षका नानीहरुले आफ्नो काका, मामा, बुवालाई कसरी उत्साहित बनाए ?
वोमन्स रिहाबिलिटेसन सेन्टर संस्थाको अनुसार माघ महिनामा मात्र देशभरबाट १२० महिला विरुद्धका हिंसाका केसहरु आएका छन् , जस्मा २८ बलात्कार र ६ बलात्कारको प्रयासका केसहरु रजिस्टर गरिएको छ । यी त भए आफैं रजिस्टर गरिएका केसहरु, यस्ले अब के सोच्न बाध्य बनायो भने, बाहिर ननिस्कीएका खोक्रो इज्जतका लागि सौदा गरिएका, पैसा र पावरले थिचिएका, आफुमाथि भइरहेको कुरा कसैलाई भन्न नसकेका कति केसहरु होलान् ।

मुलुकी फौजदारी संहिता २०७४, परिच्छेद १८ दफा २१९ उपदफा २ को अनुसार, कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बलिकालाई जवर्जस्ती करणी गरेको मनिनेछ । उपदफा ३ को अनुसार, जवर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरि देहाय बमोजिम कैद हुनेछ, दश वर्षभन्दा कम उमेरको बालिका भए १६ वर्षदेखि बीस वर्षसम्म, दश वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए चौध वर्षदेखि १६ वर्षसम्म, चौध वर्ष वा चौध वर्षभन्दा बढी १६ वर्ष वर्षभन्दा कम उमेरकी बालिका भए १२ देखि चौध वर्षसम्म, १६ वा १६ वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि १२ वर्षसम्म, अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म । सजाय कम भएको माघ भएपछि सजाय बढाउन अध्यादेश निकाले पनि त्यस्को कार्यान्वयन भने हुन सकेन । त्यो पनि अत्यन्तै थोरै महिलाहरुले मात्र न्याय पाउने गर्छन् ।

अदालतमा राखिएको न्यायमूर्तिको आँखामा पट्टी बाधेर हातमा तराजु बोक्नुको अर्थ निष्पक्ष न्याय दिलाउनु हो कि, तराजुमा जस्को पावर, पोस्ट र पैसा भारी हुन्छ त्यसलाई दिनु हो ? अरु त अरु न्याय पनि बिक्न थालेपछि के नै बाँकी रह्यो र ? हामी भित्रको मानव साच्चैँ हराइसकेको हो त ? आफूलाई नपरी हामी अरुको लागि आवाज उठाउन नसक्ने नै हौँ त ? एक चोटि आफ्नो आत्मादेखि मनन गरौं अनि आफ्नो छोरीचेली सम्झीउँ त ! अझै कहिलेसम्म सहेर बस्ने ! कहिलेसम्म पुरुषको दुस्कर्मको दोषी नारीलाई बनाउने ! कहिलेसम्म आफ्नो छोरीचेलीलाई आफ्नो ज्यान गुमाउन बाध्य बनाउने ?

सिफारिस

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले जापानका फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी आज काठमाडौंको...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको सम्मान गर्दै विराटनगर...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रोयल एवान इन्भेस्टमेन्टले भदौ १० गते त्रिशूली, भोटेकोशी, रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको...

भर्खरै

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

धेरै पढिएको