नेकपाकी सांसद शान्ता चौधरी कक्षा ११ मा भर्ना

यसैवर्ष बी प्लस ल्याएर एसइइ उत्तीर्ण गरेकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की प्रमुख सचेतक शान्ता चौधरी शुक्रबार कक्षा ११ मा भर्ना भएकी छिन्।

उनी काठमाडौंको सरकारी विद्यालय रत्नराज्य उच्च माविको मानविकी संकायमा भर्ना भएकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् तस्बिर सार्वजनिक गर्दै चौधरीले आफूलाई कम्लहरी जीवनवाट ल्याएर सांसददेखि प्रमुख सचेतकसम्म बनाएकोमा तत्कालिन नेकपा एमालेलाई धन्यवादसमेत दिएकी छिन् । ‘प्राय कक्षा ११ मा भर्ना हुने १५ वर्षको उमेरमा हो तर त्यो उमेरमा परिस्थितिले मलाई झोला बोकेर कलेज जानेहरूलाई टुलुटुलु हेरेर बस्ने बनायो, मुटु समातेर धरधरी रुने बनायो’ चौधरीले विगत सम्झदै अगाडि लेखेकी छिन, ‘आजमात्रै नयाँ बानेश्वरस्थित रत्नराज्य माविको मानविकी संकायमा भर्ना भएकी छु ।’

तत्कालिन नेकपा एमालेका महासचिव माधवकुमार नेपालले दाङवाट ल्याएर समानुपातिक सूचीमा राखी तत्कालिन संविधानसभा सदस्य बनाएका थिए। त्यसपछि संसदीय समितिकी सभापतिसमेत भईसकेकी चौधरीलाई २०७४ को निर्वाचनपछि भने प्रतिनिधिसभातर्फको प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो।

प्रमुख सचेतकको जिम्मेवारी पाउँदै गर्दा विद्यालय भर्ना भएर एसइइ उत्तीर्ण गरेपछि विभिन्न कलेजले पढाउन अफर गरेका थिए। तर चौधरीले भने सरकारी विद्यालय नै रोजेकी छिन्। ‘दुःखको सागर पौडिदै गरेको मान्छे म, त्यही सागरबाट उतारेर मलाई संसार बुझ्न सक्ने र बिस्तारै मनभित्रका रहर पुरा गर्न वातावरण निर्माण गरिदिने मेरो पार्टी तत्कालीन नेकपा(एमाले) अर्थात् हालको नेकपालाई हार्दिक धन्यवाद छ,’ चौधरीले भावुक हुँदै लेखेकी छिन्, ‘हृदयदेखि नै धन्यवाद छ अग्रज नेतालाई, शुभेच्छुक साथीहरूलाई, आफन्तजनलाई र शिक्षाको ज्योति दिएर बाटो देखाउँदै गर्नु हुने आदरणीय व्यक्तित्वलाई ।’

चौधरीले तीनपटक तत्कालिन संविधानसभा र प्रतिनिधिसभामा नेतृत्व प्रदर्शन गरिसकेकी छिन्। उनले एसइइ पास गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमा नै मिठाई बाँड्दै खुसीयालीसमेत मनाएका थिए।

‘ईच्छा मेरो, साथ तपाईंहरूको। तत्परता मेरो, प्रेरणा तपाईंहरूको। गुन तिर्न नसकँुला तर अन्तिम श्वाससम्म सम्झिरहने छु, तपाईंहरुको साथलाई र भनिरहने छु– आभारी छु ।’ चौधरीले राजनीतिका अलावा नियमित रुपमा कक्षामा सामेल हुने पनि प्रतिबद्धता जनाएकी छिन्, जसरी विद्यालय जीवनमा पनि प्रायजसो कक्षामा नै सामेल भएर पढेकी थिइन् । उनले एसइइ भने गृह जिल्ला दाङवाट पास गरेकी हुन्।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको