नेकपाकी सांसद शान्ता चौधरी कक्षा ११ मा भर्ना

यसैवर्ष बी प्लस ल्याएर एसइइ उत्तीर्ण गरेकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की प्रमुख सचेतक शान्ता चौधरी शुक्रबार कक्षा ११ मा भर्ना भएकी छिन्।

उनी काठमाडौंको सरकारी विद्यालय रत्नराज्य उच्च माविको मानविकी संकायमा भर्ना भएकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् तस्बिर सार्वजनिक गर्दै चौधरीले आफूलाई कम्लहरी जीवनवाट ल्याएर सांसददेखि प्रमुख सचेतकसम्म बनाएकोमा तत्कालिन नेकपा एमालेलाई धन्यवादसमेत दिएकी छिन् । ‘प्राय कक्षा ११ मा भर्ना हुने १५ वर्षको उमेरमा हो तर त्यो उमेरमा परिस्थितिले मलाई झोला बोकेर कलेज जानेहरूलाई टुलुटुलु हेरेर बस्ने बनायो, मुटु समातेर धरधरी रुने बनायो’ चौधरीले विगत सम्झदै अगाडि लेखेकी छिन, ‘आजमात्रै नयाँ बानेश्वरस्थित रत्नराज्य माविको मानविकी संकायमा भर्ना भएकी छु ।’

तत्कालिन नेकपा एमालेका महासचिव माधवकुमार नेपालले दाङवाट ल्याएर समानुपातिक सूचीमा राखी तत्कालिन संविधानसभा सदस्य बनाएका थिए। त्यसपछि संसदीय समितिकी सभापतिसमेत भईसकेकी चौधरीलाई २०७४ को निर्वाचनपछि भने प्रतिनिधिसभातर्फको प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो।

प्रमुख सचेतकको जिम्मेवारी पाउँदै गर्दा विद्यालय भर्ना भएर एसइइ उत्तीर्ण गरेपछि विभिन्न कलेजले पढाउन अफर गरेका थिए। तर चौधरीले भने सरकारी विद्यालय नै रोजेकी छिन्। ‘दुःखको सागर पौडिदै गरेको मान्छे म, त्यही सागरबाट उतारेर मलाई संसार बुझ्न सक्ने र बिस्तारै मनभित्रका रहर पुरा गर्न वातावरण निर्माण गरिदिने मेरो पार्टी तत्कालीन नेकपा(एमाले) अर्थात् हालको नेकपालाई हार्दिक धन्यवाद छ,’ चौधरीले भावुक हुँदै लेखेकी छिन्, ‘हृदयदेखि नै धन्यवाद छ अग्रज नेतालाई, शुभेच्छुक साथीहरूलाई, आफन्तजनलाई र शिक्षाको ज्योति दिएर बाटो देखाउँदै गर्नु हुने आदरणीय व्यक्तित्वलाई ।’

चौधरीले तीनपटक तत्कालिन संविधानसभा र प्रतिनिधिसभामा नेतृत्व प्रदर्शन गरिसकेकी छिन्। उनले एसइइ पास गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमा नै मिठाई बाँड्दै खुसीयालीसमेत मनाएका थिए।

‘ईच्छा मेरो, साथ तपाईंहरूको। तत्परता मेरो, प्रेरणा तपाईंहरूको। गुन तिर्न नसकँुला तर अन्तिम श्वाससम्म सम्झिरहने छु, तपाईंहरुको साथलाई र भनिरहने छु– आभारी छु ।’ चौधरीले राजनीतिका अलावा नियमित रुपमा कक्षामा सामेल हुने पनि प्रतिबद्धता जनाएकी छिन्, जसरी विद्यालय जीवनमा पनि प्रायजसो कक्षामा नै सामेल भएर पढेकी थिइन् । उनले एसइइ भने गृह जिल्ला दाङवाट पास गरेकी हुन्।

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको