काठमाडौंमा रातिदेखि नै भारी वर्षा, के होला आगामी ३ दिनको मौसम ?

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औषत स्थानभन्दा कही दक्षिणतिर सरेको जनाएको छ । जसका कारण नेपालमा मनसुन कम सक्रिय हुने महाशाखाले उल्लेख गरेको छ । तर मनसुनको न्यून चापिय रेखा बिस्तारै माथि सरेर औसत स्थानमा आउने संभावना रहेको पनि जनाइएको छ ।

हाल देशको पूर्वी, मध्य तथा पश्चिमी भागमा वदी भई देशका केही स्थानमा हल्कादेखि मध्यम र १/२ स्थानमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आइतबार (आज) दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना छ । त्यस्तै देशको पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आइतबार राति सामान्यतया वदली रही पश्चिम, पूर्वी र मध्यका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै पहाडी भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

सोमबार दिउँसो पश्चिम, पूर्वी र मध्यका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने तथा पहाडि भू–भागका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार राति सामान्यतया वदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ तथा पूर्वी पहाडी भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

मंगलबार दिउँसो देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने र पूर्व र मध्य पहाडि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । मंगलबार राति केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा देशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहितको वर्षा हुने सम्भावना रहेकोले त्यसबाट बँच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै महाशाखाले चुरेबाट बहने नदिमा पानिको वहावमा आकस्मिक बृद्धि हुन सक्ने भन्दै नदी आसपासमा रहेकाहरुलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै सडक यातायातमा पहिरो र भू–क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

सिफारिस

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सिजन मिडियाद्वारा आयोजित यस प्रतियोगितामा सहभागी...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

धेरै पढिएको