आफूलाई पक्राउ गर्नका लागि तयार रहन सिडिओ र एसपीलाई मन्त्री यादवको चेतावनी

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आफूलाई पक्राउ गर्नका लागि तयार रहन सर्लाहीका सिडिओ र एसपीलाई चेतावनी दिएका छन् ।

शनिबार सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रस्थित गडहियाडुमरियामा आयोजित उखु किसानसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले त्यस्तो चेतावनी दिएका हुन् ।

निकट भविष्यमा उखु किसानले चिनी उद्योगीबाट भुक्तानी नपाए आफू समेत किसानको नेतृत्व गरेर सडकमा उत्रने भन्दै उनले त्यस्तो अवस्थामा पक्राउ वा अन्य कारबाही गर्नका लागि तयार रहन सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी र प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईलाई व्यंग्यात्मक शैलीमा चेतावनी दिएका हुन् ।

‘वर्षौंदेखि उखुको पैसा नपाएर पीडित बनिरहेका किसानलाई निकट भविष्यमै चिनी उद्योगीले भुक्तानी नगरे म किसानसँगै सडकमा आउने छु’, मन्त्री यादवले छेउमै रहेका प्रजिअ र एसपीप्रति ईंगित गर्दै भने, ‘त्यस्तो अवस्थामा कानून विपरित भए किसान भन्दा पनि मलाई कारबाही गर्न तयार रहनुस् ।’

मन्त्री यादवले कार्यक्रममा उपस्थित उखु किसानलाई ढाडस् दिँदै निकट भविष्यमै चिनी उद्योगीबाट उखुको पैसा भुक्तानी हुने आश्वासन दिए ।

आजको नागरिक दैनिकमा टंक क्षेत्रीले समाचार लेखेका छन् ।

सिफारिस

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - सेना दिवस २०८२ को अवसरमा नेपाली सेनाका विविध गतिविधिबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले आयोजित नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी २०८२...

अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्‍यापरबाट मेयर बनेका युवा

काठमाडौँ – र्‍यापरबाट राजनीतिज्ञ बनेका नेपालका बालेन्द्र शाहले उनकै समर्थनमा भएको आन्दोलनबाट सत्ताच्युत भएका अनुभवि प्रधानमन्त्रीसँग चुनावी मैदानमा आमने-सामने हुने भएका छन् । सन्...

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्‍यापरबाट मेयर बनेका युवा

काठमाडौँ – र्‍यापरबाट राजनीतिज्ञ बनेका नेपालका बालेन्द्र शाहले उनकै...

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले...

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह...

रुख र चारतारे झण्डाबाहेक अरु सोच्न सकिन्न : दीपक खड्का

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले...

सुनिताले दिइन बालेनलाई धन्यवाद

काठमाडौं - काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर...

धेरै पढिएको