‘मनपरी गर्ने’ डिएसपीसहित २ सय ८० प्रहरीमाथि कारबाही

विभित्र तहमा कार्यरत २ सय ८० प्रहरीलाई प्रदेश २ मा कारबाही गरिएको छ । आचरण र संगठन हितविपरीत काम गरेको भन्दै एक प्रहरी नायव उपरीक्षकसहित २ सय ८० प्रहरी विभागीय कार्बाहीमा परेका हुन् ।

राम्रो काम गर्नेलाई तत्काल पुरस्कार र नियमविपरीत काम गर्नेलाई दण्डित गर्ने नीतिअन्तर्गत २०७५–०७६ मा उनीहरुमाथि कार्बाही गरिएकाे प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताए । विभागीय नियमविपरीत र अर्मयादित क्रियाकलाप गर्ने प्रहरीलाई यस्तो कार्बाही गरिएको उनकाे भनाइ छ ।

मादक पदार्थ सेवन, संगठनप्रति गैरजिम्मेवार र कर्तव्य पूरा नगर्नुका साथै अमर्यादित क्रियाकलाप गरेको भन्दै अधिकांश तल्लो तहका प्रहरी विभागीय कार्बाहीमा परेको महतोको भनाइ छ ।

प्रदेश २ को आठ जिल्लाबाट एक प्रहरी नायव उपरीक्षक, चार प्रहरी निरीक्षक, १७ प्रहरी नायव निरीक्षक, ३७ प्रहरी सहायक निरीक्षक, ६३ प्रहरी हवल्दार र १ सय ५७ प्रहरी जवान कार्बाहीमा परेको उनले जानकारी दिए ।

यसैगरी, नियमविपरीत काम गर्ने तीनजना नायव निरीक्षकसहित १४ जनालाई विभागले सचेत गराएको छ भने तीन प्रहरी निरीक्षकसहित १ सय ४० जनालाई नसिहत दिइएको छ । कार्यालयले जनाएअनुसार विभित्र दर्जाका २१ जना प्रहरीको ग्रेड घटाइएको छ भने १२ जनाको ग्रेड रोक्का गरिएको छ ।

यसैगरी, २४ प्रहरीको सुरुको स्केल घटाइएको, ११ जनाको बढुवा रोक्का गरिएको, १८ जनालाई सेवाबाट हटाइएको, ३१ जनालाई निलम्बन र ९ जनालाई स्वतः निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका अधिकारीहरुले जनाएका छन ।

सो अवधिमा संगठनकाे अनुशासनविपरीत काम गर्ने कार्बाहीमा परेका छन् भने राम्रो काम गर्नेलाई विभागले पुरस्कृतसमेत गरेको छ । राम्रो काम गरेको भन्दै एक वरिष्ठ प्रहरी उपरीक्षक, २० प्रहरी निरीक्षक, ३० प्रहरी नायव निरीक्षक, ३५ प्रहरी सहायक निरीक्षक, ६२ हवल्दार, ९३ प्रहरी जवान र दुई प्रहरी कार्यालय सहयोगी पुरस्कृत भएको कार्यालयले जनाएको छ ।

सिफारिस

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन गइरहेको २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको राष्ट्रिय झण्डा फहराउन जाने...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

भर्खरै

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

धेरै पढिएको