‘मनपरी गर्ने’ डिएसपीसहित २ सय ८० प्रहरीमाथि कारबाही

विभित्र तहमा कार्यरत २ सय ८० प्रहरीलाई प्रदेश २ मा कारबाही गरिएको छ । आचरण र संगठन हितविपरीत काम गरेको भन्दै एक प्रहरी नायव उपरीक्षकसहित २ सय ८० प्रहरी विभागीय कार्बाहीमा परेका हुन् ।

राम्रो काम गर्नेलाई तत्काल पुरस्कार र नियमविपरीत काम गर्नेलाई दण्डित गर्ने नीतिअन्तर्गत २०७५–०७६ मा उनीहरुमाथि कार्बाही गरिएकाे प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताए । विभागीय नियमविपरीत र अर्मयादित क्रियाकलाप गर्ने प्रहरीलाई यस्तो कार्बाही गरिएको उनकाे भनाइ छ ।

मादक पदार्थ सेवन, संगठनप्रति गैरजिम्मेवार र कर्तव्य पूरा नगर्नुका साथै अमर्यादित क्रियाकलाप गरेको भन्दै अधिकांश तल्लो तहका प्रहरी विभागीय कार्बाहीमा परेको महतोको भनाइ छ ।

प्रदेश २ को आठ जिल्लाबाट एक प्रहरी नायव उपरीक्षक, चार प्रहरी निरीक्षक, १७ प्रहरी नायव निरीक्षक, ३७ प्रहरी सहायक निरीक्षक, ६३ प्रहरी हवल्दार र १ सय ५७ प्रहरी जवान कार्बाहीमा परेको उनले जानकारी दिए ।

यसैगरी, नियमविपरीत काम गर्ने तीनजना नायव निरीक्षकसहित १४ जनालाई विभागले सचेत गराएको छ भने तीन प्रहरी निरीक्षकसहित १ सय ४० जनालाई नसिहत दिइएको छ । कार्यालयले जनाएअनुसार विभित्र दर्जाका २१ जना प्रहरीको ग्रेड घटाइएको छ भने १२ जनाको ग्रेड रोक्का गरिएको छ ।

यसैगरी, २४ प्रहरीको सुरुको स्केल घटाइएको, ११ जनाको बढुवा रोक्का गरिएको, १८ जनालाई सेवाबाट हटाइएको, ३१ जनालाई निलम्बन र ९ जनालाई स्वतः निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका अधिकारीहरुले जनाएका छन ।

सो अवधिमा संगठनकाे अनुशासनविपरीत काम गर्ने कार्बाहीमा परेका छन् भने राम्रो काम गर्नेलाई विभागले पुरस्कृतसमेत गरेको छ । राम्रो काम गरेको भन्दै एक वरिष्ठ प्रहरी उपरीक्षक, २० प्रहरी निरीक्षक, ३० प्रहरी नायव निरीक्षक, ३५ प्रहरी सहायक निरीक्षक, ६२ हवल्दार, ९३ प्रहरी जवान र दुई प्रहरी कार्यालय सहयोगी पुरस्कृत भएको कार्यालयले जनाएको छ ।

सिफारिस

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत र आवास तथा सहरी मामिला मन्त्री मनोहर लाल खट्टर नेपाल आउन लागेका...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव बन्यो। प्रकृतिको काखमा बसेको यो सहर न त केवल आँखाको आनन्दका लागि उपयुक्त छ, न...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी क्षेत्रसँगको सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘फास्टफ्यान कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको कोटेश्वरस्थित होटल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

फास्टफुड एसोसिएसन नेपालको ‘फास्टफ्यान’ कार्यक्रम 

काठमाडौं – फास्टफुड एसोसिएसन नेपालले राज्य, बैंक तथा आइटी...

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

धेरै पढिएको