मौसम : यी ठाउँमा भारी वर्षा हुने

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुन कम सक्रिय अवस्थामा रहेको महाशाखाको भनाइ छ । उक्त न्यून चापीय रेखा विस्तारै माथि सरेर औसत स्थानमा आउने संभावना रहेको पनि महाशाखाको भनाइ छ ।

आगमी २४ घण्टाको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । मेघ गर्जन र चट्याङ्गबाट बँच्न सतर्कता अपनाउन पनि उसको अनुरोध छ ।

त्यस्तै देशको पश्चिमी पहाडी र पूर्वी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले चुरेबाट बहने नदीमा पानिको वहाव आकस्मिक वृद्दि हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यसका साथै सडक यातायातमा पहिरो र भूक्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सावधानी अपनाउन पनि उसको आग्रह छ ।

हाल देशको पश्चिमी भू–भागमा सामान्य बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको र मध्य तथा पूर्वी भागमा आंशिक वदली रहेको महाशाखाले जनाएको छ ।

सोमबार (आज) दिउँसो देशका धेरैजसो स्थानमा वदली रही पश्चिम, मध्य तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी पहाडि भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महशाखाले जनाएको छ ।

सोमबार राति देशका धेरैजसो स्थानहरुमा वदली हुने र पूर्व, मध्य तथा पश्चिमका केही स्थानमा वर्षाको सम्भावना छ । पूर्वी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै मंगलबार दिउँसो धेरैजसो स्थानमा आंशिकदेखि सामान्य वदली हुने तथा केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुनेछ । मध्य तथा पुर्वी पहाडि भू–भागका एक/दुई स्थान तथा पश्चिमी तराईको केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

मंगलबार राति देशका धेरैजसो स्थानमा वदली भइ पूर्व, मध्य तथा पश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पूर्वी तराई भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै बुधबार दिउँसो धेरैजसो स्थानमा आंशिकदेखि सामान्य वदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुनेछ । पहाडि भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मंगलबार राति पनि धेरैजसो स्थानमा वदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने तथा पूर्वी तथा पश्चिमी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सिफारिस

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

भर्खरै

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

धेरै पढिएको