पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

काठमाडौं – प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतले अन्नपूर्णलाई बतायो ।

उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछाने र कँडेललाई पक्राउ गरेको हो ।

पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो बुधबार सार्वजनिक भएको  थियो । भिडियोमा शालिकरामले पत्रकार लामिछानेसहित कँडेल र अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको भिडियो बनाएर आत्महत्या गरेका थिए ।

सिफारिस

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा आइतबार काठमाडौँको एभरेस्ट होटलमा सम्पन्न भएको छ।संघका केन्द्रीय अध्यक्ष रघु त्रिपाठीको अध्यक्षतामा सम्पन्न सभामा नेपाल...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पदोन्नति भएका उपरथी तथा महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। २०८३ भदौ ५ गतेदेखि उपरथी...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको छ । अर्कोपट्टि अग्लो भीरबाट कलकल गर्दै झरेको पानी, वरिपरिको हरियाली र शीतल वातावरणले रसुवाको...

भर्खरै

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

धेरै पढिएको