रवि लामिछानेका समर्थकद्वारा प्रहरीमाथि ढुंगा प्रहार र गाडी तोड्फोड

भरतपुर – चितवनको भरतपुरमा चर्चित सञ्चारकर्मी रवि लामिछानेका समर्थकले शनिवार पनि प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गर्ने र प्रहरीको गाडी तोड्फोड गरेका छन् । प्रदर्शनकारीले प्रहरीको बा १ झ १२७१ नम्बरको गाडी तोड्फोड गरेका हुन् ।

अवस्था नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । शुक्रवार पनि लामिछाने समर्थकले गरेको आक्रमणमा पाँच प्रहरी घाइते भएका थिए ।

शनिवार पनि सयौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् । प्रदर्शनकारीले रवि लामिछानेलाई पक्राउ गरेकोमा बिरोध गरेका छन् ।

शनिवार नै रवि लामिछाने समर्थक बिरुद्ध भरतपुरमै प्रदर्शन भएको थियो रवि समर्थकको प्रदर्शनले स्वतन्त्र छानविन र न्यायमा प्रभाव पर्ने भन्दै सयौं युवाले जुलुश निकालेका हुन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चर्चित सञ्चारकर्मी लामिछानेसहित तीन जना पक्राउ परेपछि हिजो लामिछाने समर्थकले चितवनमा प्रदर्शन गरेका थिए ।

आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा लामिछाने, युवराज कंडेल र रुकु भनिने अस्मिता कार्कीलाई प्रहरीले पक्रेर अनुसन्धान जारी राखेको छ ।

लामिछाने, कंडेल र कार्कीका कारण आफूले आत्महत्या गर्न बाध्य भएको आत्महत्या गरेका पत्रकार पुडासैनीको मोबाइलमा फेला परेको भिडियोमा उल्लेख छ ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको