रवि लामिछानेका समर्थकद्वारा प्रहरीमाथि ढुंगा प्रहार र गाडी तोड्फोड

भरतपुर – चितवनको भरतपुरमा चर्चित सञ्चारकर्मी रवि लामिछानेका समर्थकले शनिवार पनि प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गर्ने र प्रहरीको गाडी तोड्फोड गरेका छन् । प्रदर्शनकारीले प्रहरीको बा १ झ १२७१ नम्बरको गाडी तोड्फोड गरेका हुन् ।

अवस्था नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । शुक्रवार पनि लामिछाने समर्थकले गरेको आक्रमणमा पाँच प्रहरी घाइते भएका थिए ।

शनिवार पनि सयौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् । प्रदर्शनकारीले रवि लामिछानेलाई पक्राउ गरेकोमा बिरोध गरेका छन् ।

शनिवार नै रवि लामिछाने समर्थक बिरुद्ध भरतपुरमै प्रदर्शन भएको थियो रवि समर्थकको प्रदर्शनले स्वतन्त्र छानविन र न्यायमा प्रभाव पर्ने भन्दै सयौं युवाले जुलुश निकालेका हुन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चर्चित सञ्चारकर्मी लामिछानेसहित तीन जना पक्राउ परेपछि हिजो लामिछाने समर्थकले चितवनमा प्रदर्शन गरेका थिए ।

आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा लामिछाने, युवराज कंडेल र रुकु भनिने अस्मिता कार्कीलाई प्रहरीले पक्रेर अनुसन्धान जारी राखेको छ ।

लामिछाने, कंडेल र कार्कीका कारण आफूले आत्महत्या गर्न बाध्य भएको आत्महत्या गरेका पत्रकार पुडासैनीको मोबाइलमा फेला परेको भिडियोमा उल्लेख छ ।

सिफारिस

५४ लाख बुझाएर रिहा भए रवि लामिछाने, पौने तीन करोड पुग्यो धरौटी

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । चितवन जिल्ला अदालतले सहकारी ठगीमा मागेको ५४ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी रिहा...

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका सदस्यहरुले ग्लोबल आइएमई बैंक लिमिटेडको सहयोगमा क्यामेरा खरिदको लागि विना धितो ऋण पाउने भएका छन...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन ७' को ताज जितेकी छिन् । सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतियोगी सहभागीलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकार समूहलाई क्यामेरा खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने 

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)मा आवद्ध भएका देशैभरिका...

‘मिसेस ब्यूटी क्वीन नेपाल २०२५’को ताज वर्षा कुँवरलाई 

काठमाडौँ - व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल-सिजन...

सिजन मिडियाद्धारा १८ व्यक्ति र संस्थालाई राष्ट्रिय समाजसेवा सम्मान

काठमाडौँ -  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८...

उर्जामन्त्री खड्काद्वारा पोखराको रुपाताल परियोजनाको अनुगमन

काठमाडौँ - उर्जा, जलस्रोेत तथा सिंचाईमन्त्री दीपक खड्काले पोखराको...

वोर्ल्ड क्लास स्कुलमा सरस्वती पूजासँगै बालबालिकाको अक्षरारम्भ (तस्वीरहरू)

काठमाडौं - माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री...

कास्कीको सुन्दर पर्यटकीय गाउँ सिक्लेस (तस्वीरहरू)

कास्की जिल्लाको मादी गाउँपालिकास्थित पर्यटकीय क्षेत्र हो सिक्लेस ।...

धेरै पढिएको