भरतपुर – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका तीनैजनाको बयान लिने क्रम सकिएको छ।
चितवन जिल्ला सरकारी वकिलको उपस्थितिमा पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरी हिरासतमा रहेका रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्की उर्फ रुकुको बयान सकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आवश्यक थप अनुसन्धान गर्नुपर्ने भएकाले भोलि मंगलबार म्याथ थपका लागि प्रहरीले तीनैजनालाई जिल्ला अदालत चितवन लैजाने तयारी गरेको छ ।
पाँच दिनको म्याद आज राती १२ बजे सकिदैछ । पोष्टमार्टम रिपोर्ट आज (सोमबार) पुगेकाले अदालतले थप अनुसन्धानका लागि म्याद थप्ने अनुमान गरिएको छ ।