मौसम : यी स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेको जनाएको छ । साथै भारतको उत्तरप्रदेश तथा हरियाना आसपासमा न्यून चापीय प्रणाली अवस्थित रहेको र यो कमजोर बन्दै गईरहेको महाशाखाको भनाइ छ ।

आगामी २४ घण्टाको मौसमसम्बन्धी विवरण सार्वजनिक गर्दै महाशाखाले देशको केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । मेघ गर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

त्यस्तै पश्चिम तथा मध्य भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ जसका कारण चुरेबाट बहने खोलाहरुमा आकस्मिक रुपमा बहाव बृद्धि हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

हाल देशभर वदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भईरहेको महाशाखाले जानकारी दिएको छ ।

मंगलबार दिउँसो देशभर सामान्यतया वदली रही मध्य, पश्चीमी र पूर्वका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ । त्यस्तै मंगलबार राति सामान्य वदली रही मध्य, पश्चीमी र पूर्वको केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने महाशाखाले जनाएको छ । त्यस्तै पश्चिमी तथा मध्य भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशका धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

बुधबार राति धेरैजसो स्थानमा वदली रही केहि स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने र पूर्वी तथा मध्य पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो धेरैजसो स्थानमा वदली रही पूर्व, मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै पूर्वी तथा मध्य पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

बिहीबार राति धेरै जसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ । पूर्वी तथा मध्य पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सिफारिस

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीहरूको अनुहारमा थकान झल्किरहेको थियो। तर, यही व्यस्त सहरको एक कुनामा एक...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

धेरै पढिएको