प्रधानमन्त्री ओली बिहिबार फेरि सिंगापुर जाँदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्र्मा ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर जाने भएका छन् । उनी बिहिबार सिंगापुर उड्ने कार्यक्रम रहेको उनको स्वकीय सचिवालयका एक सदस्यले जानकारी दिए ।

यसअघि ओली उपचारका लागि १८ साउनमा सिंगापुर गएका थिए । त्यहाँको सरकारी अस्पताल एनयुमा एक साता लामो स्वास्थ्य परीक्षण गरेर उनी फर्किएका थिए ।

फर्किए लगत्तै ओलीले नेपाल कम्युनिस्ट पार्टीमा केही हेरफेर गरे । यी कामहरु सकाएपछि उनी सिंगापुर जान लागेका हुन् ।

उनी निकटहरुका अनुसार उनले यसअघि प्रयोग गर्दै आइरहेको औषधिले अब काम गर्न छाडेको छ । त्यसैले उनलाई चिकित्सकहरुले नयाँ औषधि चलाउने योजना बनाएका छन् । १३ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले अब विस्तारै काम गर्न छाड्न थालेकोले उनलाई नयाँ औषधि चलाउन खोजिएको उनीनिकट एक नेताले बताए ।

‘उहाँले उताबाट आउँदा पनि एक सातामा फर्किन्छु भनेर आउनु भएको रहेछ,’ उनीनिकट एक नेताले भने, ‘अब विस्तृत उपचार गर्नकै लागि जान लाग्नु भएको हो ।’

प्रधानमन्त्री ओली यसपटक कति समय सिंगापुरमा बस्छन् भन्ने खुलाइएको छैन ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको