जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछानेसहित तीन जनालाई थप ५ दिन म्याद थप्न चितवन जिल्ला अदालतले आदेश दिएको छ  ।

अनुसन्धानका लागि पाँच दिनको समय सकिएपछि प्रहरीले म्याद थप्नका लागि चितवन जिल्ला अदालत उपस्थित गराएको थियो  ।

म्याद थपेपछि आजै लामिछानेसँग थप बयान लिइनेछ । लामिछानेसहित न्यूज २४ मा कार्यरत पत्रकार युवराज कँडेल, र रुकु भनिने अस्मिता कार्कीलाई पनि अदालतमा पेश गरिएको हो ।

लामिछानेसहित तीन जनालाई पत्रकार पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोग लागेको छ ।

जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले अनुसन्धानको फाइलका आधारमा अनुसन्धान प्रकृया अगाडि बढ्ने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here