ओलीलाई सत्ता नदिन भारतको यस्तोसम्म गरेको रहेछ

धेरैलाई लाग्दो हो, ०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान छेक्नमात्रै भारतले अन्तिम घडीमा तत्कालिन विदेश सचिव र हालका मन्त्री एस.जयशंकरलाई नेपाल पठाएको थियो।

तर, जयशंकर संविधान जारी हुन नदिन आएको भनिए पनि चुरो कुराचाहिँ नाकाबन्दीकाबीच केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिने कसरत रहेछ त्यो।

आजको जनआस्था साप्ताहिकले छापेको समाचारअनुसार तत्कालिन विदेश सचिव जयशंकर र अहिलेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच नेपालको संविधान जारी हुनु तीन दिनअघि दिल्लीमा विशेष भेट भएको थियो।

संयोगले अहिले दुबै समकक्षी छन्। र, वर्षौंदेखि थाती रहेको दुईपक्षीय बैठकमा बस्दैछन्।

कस्तो थियो त त्यतिबेला केपी ओलीलाई रोक्ने योजना?

बाहिर सतहमा देखियो, संविधान जारी हुन नदिन भारतले चलखेल गरेको।

भएको चाहीँ के थियो भने, नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच संविधान नबन्दासम्म सुशील कोइराला र संविधान जारी हुनासाथ केपी प्रधानमन्त्री हुने सहमति।

यसैअनुसार संविधानमा एउटा संक्रमणकालिन व्यवस्था राखियो–संविधानसभाले संविधान जारी गरेको १५ दिनभित्र प्रधानमन्त्री, सभामुख र उपसभामुख, एक महिनाभित्र राष्ट्रपतिको निर्वाचन गराउने।

यसअनुसार, प्रधानमन्त्रीमा केपी ओली, राष्ट्रपतिमा सुशील कोइराला र सभामुखमा २० महिनादेखि प्रमुख प्रतिपक्षी बनेको तत्कालिन माओवादी केन्द्रलाई दिने कुरा थियो।

यसैमा हो, भारतले चलखेल गरेको।

सिफारिस

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीहरूको अनुहारमा थकान झल्किरहेको थियो। तर, यही व्यस्त सहरको एक कुनामा एक...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

धेरै पढिएको